• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमा दलीय निर्वाचनः कांग्रेसका तीन र नेकपाका एक निर्वाचित





सिद्धरत्ननाथ मावि मावि नारायणपुरको बिद्यालय ब्यवस्थापन समिति गठनका लागि चुनाव भएको छ । नेकपा र कांग्रेसका प्यानल तथा स्वतन्त्र उम्मेदवारबीच भएको प्रतिष्पर्धामा मिश्रित परिणाम आएको छ ।


जसअनुसार कांग्रेसका तीन र नेकपाका एक जना विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवारी दिनुभएका रामनारायण चौधरी (१८७), कान्तप्रसाद चौधरी (१८१) र महिला सदस्य विनिता गुरुङ क्षेत्री (१७१) बिजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा नेकपाकी रमा डाँगी १८१ मतका साथ बिजयी हुनुभएको छ ।


सदस्यका प्रत्यासी नेकपाका उम्मेवार कृष्णबहादुर चौधरीले १६९, ओमबहादुर पुनले १४३ र प्रेमकली चौधरीले १५१ तथा स्वतन्त्र उम्मेदवारहरु टीकाबहादुर ओलीले ५७, उदयराम पुनले ४०, हस्ता ओलीले ९६, भगतबहादुर रैदासले ९२, शारदा थापाले ५९, सविता उपाध्यायले ४०, नानी चौधरीले १०५ र राधि चौधरीले ९५ मत प्राप्त गर्नुभएको छ । कूल १०३२ मतदाता रहेकोमा ६०३ मत खसेको थियो ।

Facebook Comments