• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्ध रुकुम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु




तेस्रो समृद्ध रुकुम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । समृद्ध समाज नेपाल र बुद्धिचाल संघ रुकुम पूर्व तथा पश्चिमको संयुक्त आयोजनामा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा मंगलबार देखि प्रतियोगिता सुरु भएको हो ।

जिल्लामा बुद्धिचाल प्रतियोगिताको विकासका साथै यसको क्रेज बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्ेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् । यो प्रतियोगिताको तेस्रो संस्करण हो । प्रतियोगिताको रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले उद्घाटन गरिन ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल ६२ जना खेलाडिले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा बुद्धिचालका एशियन च्याम्पिएन नेपालका कृष्ण थापा, पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली, नविन नन्डुकार, सुविर लामा, मदनकृष्ण कायस्थ र महिला नेपाल च्याम्पियन सुजना लोहनी लगायतले भाग लिएका छन् ।

प्रतियोगिताकै हाईस्ट रेटिङ खेलाडि भने भारतका हरिश शर्मा रहेको प्रतियोगिताका डाईरेक्टर प्रदिपकुमार खत्रीले जानकारी दिए । उनको रेटिङ अंक २ हजार १ सय ७६ रहेको छ भने २ हजार रेटिङ अंक भएका १० जना खेलाडि प्रतिस्पर्धी रहेको उनले बताए ।

प्रतियोगिता पुस १२ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउँने छन् । त्यस्तै उत्कृष्ट १० मा पर्ने प्रतिस्पर्धीले पनि नगद पुरस्कार पाउने छन् । साथै प्रतियोगिताबाट रुकुम पूर्व र पश्चिम च्याम्पियनका साथै पाँच नम्बर प्रदेश च्याम्पियनको घोषणा समेत गरिने आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिए ।

Facebook Comments