• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदय क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत





पद्योदय क्याम्पस घोराही दाङमा बीबीएस र बीएस्सी पहिलो बर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।


पद्योदय क्याम्पस तथा पद्योदय क्याम्पस शिक्षक–विद्यार्थी समन्वय समितिको आयोजनामा नवआगन्तुक विद्यार्थीहरुको स्वागत गरिएको हो ।


पद्योदय क्याम्पस शिक्षक–विद्यार्थी समन्वय समितिका अध्यक्ष नन्दकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष बमबहादुर डिसीले क्याम्पसको केही समयपछि आफ्नै भवन बन्ने बताउनुभयो ।


बिशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अधिकारीले पद्योदय विज्ञान पढाइ हुने प्रदेश ५ कै एक मात्र सामुदायिक क्याम्पस भएकाले यसलाई नमूना लैजाने बताउनुभयो ।

क्याम्पस प्रमुख निश्चल आचार्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा विएस्सीका छात्राका लागि छात्रावृत्तिको ब्यवस्था भएको जानकारी दिनुभयो ।


कार्यक्रममा संस्थापक प्रमुख गोविन्दप्रसाद न्यौपाने, पद्योदय पब्लिक नमूना माविका प्रअ रामप्रसाद जैशी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सदस्य नवीन अभिलाषी, विद्यार्थीहरु बीबीएसबाट बिष्णु गोराथोकी र बीएस्सीबाट भावना न्यौपाने बोल्नुभएको थियो ।

विद्यार्थी प्रकाश पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन प्रतिक गोराथोकी र आशा ओलीले गर्नुभएको थियो ।

Facebook Comments