• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीबाट ६ जना बेसहाराको उद्धार, प्रदेशलाइ नै ‘सडकमानवमुक्त’ बनाउन अभियान




दाङका मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहारा भई सडकमा आएकाहरुको उद्धार थालिएको छ । निलसागर मानव सेवा आश्रम संस्थाले दाङका सडक तथा बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको उद्धार गरेर आश्रममा राख्न थालेको छ ।

केन्द्रीय कार्यालय नेपालगञ्ज रहेको संस्थाले देउखुरीको सिसहनिया स्थिती पिपरि चोकमा आश्रम स्थापना गरेको छ । देउखुरी क्षेत्रबाट ९ जना व्यक्तिको उद्धार गरेको संस्थाले आज घोराही बजार क्षेत्रमा रहेका ६ जना त्यस्ता व्यक्तिहरुको उद्धार गरेको छ ।

मानसिक सन्तुलन गुमाएका, घरबाट तिरस्कृत भएका, बेसहारा भएर सडकमा आएका व्यक्तिहरुको उद्धार गरेर आश्रय दिनुका साथै उपचारको समेत व्यवस्था रहेको संस्थाका अध्यक्ष सरीता खनालले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुलाई उद्धार र आश्रम सम्म पु¥याउन घोराही उपमहानगरपालिकाले समन्वय गरेको छ ।

प्रदेससभा सदस्य इन्द्रजित थारु, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे ,समाजसेवी दिपेन्द्र न्यौपाने, नीलसागर आश्रमका संस्थापक अध्यक्ष सरिता खनाल, उपाध्यक्ष नारायण सुवेदी ‘अमन’, दाङ संयोजक प्रकाश बिष्ट,घाेराहीका युवा तथा खेलाडि नरेन्द्र पुन सहित नगर प्रहरी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु उद्धारमा खटिनुभएको थियो ।

आश्रममा उपचार, मनोविमर्श, खाना, आवास, सरसफाई, योगा जस्ता कार्यहरु हुदै आएको र अहिले सम्म संस्थाले ३ सय जनालाई स्वस्थ बनाएर घरमा पूर्नमिलन गराईएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

संस्थाले दाङ सहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरेको जनाएको छ । सुरुमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले रकम समेत उपलब्ध गराएको छ ।

बाँकेमा भवन बनाउनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने थप व्यवस्थापनका लागि समेत बजेटको व्यबस्था गरेको सामाजिक विकास मन्त्रि सुदर्शन बरालले जानकारी दिनुभयो ।

Facebook Comments