• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा सार्वजनिक सम्पदा संरक्षणमा जोड





रुकुम पश्चिमका सरोकारवालाहरुले जिल्लाका सार्वजनिक सम्पदाको संरक्षणमा जोड दिएका छन् । बढ्दो शहरिकरण संगै सार्वजनिक सम्पदाहरु अतिक्रमणको क्रम ह्वात्तै बढेको भन्दै जिल्ला स्थित सरोकारवालाहरुले सार्वजनिक सम्पदाको संरक्षणमा जोड दिएका हुन् ।


युएसएआईडि र एफ.एच. आई ३६० को सहयोगमा मानव अधिकार तथा कानुनी सेवा केन्द्र (हरप्लेस) र रेडियो सानीभेरीले जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रांगन मुसीकोट नगरपालिका १ खलंगामा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सार्वजनिक स्थान भेटिनै मुश्किल रहेको बताएका छन् ।

सदरमुकाम खलंगा सहित जिल्लाका विभिन्न ठाउँमा रहेका सार्वजनिक स्थानमा व्यक्तिको हालिमुहाली भैरहेको उनिहरुको भनाई थियो । संरक्षण तथ नियमन गर्ने निकायको वेवास्ताका कारण सार्वजनिक सम्पदामा व्यक्तिको रजाई बढेको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका थिए ।

सार्वजनिक जग्गा, सडक, मठ, मन्दिर, ताल तलैया, गुठि लगायतका सार्वजनिक स्थान अव कागजमा मात्र सिमित भएको भन्दै सहभागिहरुले दुःख व्यक्त गरेका थिए । सार्वजनिक सम्पदाहरुको संरक्षणमा सबैको ध्यान जानुपर्ने र त्यसो हुन नसकेकामा बचेकुचेका सम्पदाहरु पनि व्यक्तिको नाममा हुन बेर नलाग्ने कार्यक्रमका सहभागिहरुको चिन्ता थियो ।

कार्यक्रममा उठेका कुरालाई सम्बोधन गर्दै मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले नगरपालिका सार्वजनिक सम्पतिको संरक्षणमा गम्भिर रहेको बताउनुभयो । विशेषगरी बजार क्षेत्रमा बढ्दै गैरहेको अतिक्रमण सहित गाउँमा समेत हुन सक्ने अतिक्रमणलाई रोक्न नगरपालिकाले काम गरिरहेको उहाँको दाबी छ ।

नगरपालिकाले नगरभरीको सार्वजनिक क्षेत्रको पहिचान गरिरहेको र अव ति स्थानमा बनेका भौतिक संरचना हटाउनका लागि छिट्टै सूचना जारी हुने उहाँले जानकारी दिनुभयो । यसका अलावा नगरपालिकामा निर्माण भएका सबै घरको अभिलेखिकरण नगरपालिकाले गरिरहेको उहाँको भनाई छ ।

यसबाट सार्वजनिक स्थानमा र पक्रिया पुरा नगरी निर्माण भएका घरको पहिचान हुने उहाँले बताउनुभयो । सार्वजनिक सम्पदा संरक्षणको जिम्मा नगरपालिकाको मात्र नभई आम नागरिकहरुको समेत भएकाले यसमा नगरपालिकालाई सहयोग गर्न उहाँले आम नागरिक सहित सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले सार्वजनिक सम्पदा अतिक्रमण गर्ने कसैलाई नछाडिने बताउनुभयो । जिल्लामा त्यसको सुरुवात भैसकेको र सार्वजनिक सम्पदा अतिक्रमण गरेको उजुरी परेमा पानी मुनि गएपनि कसैलाई नछाडिने उहाँले चेतावनी दिनुभयो । उहाँले पनि यसमा सबै नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख मोहनप्रकाश गिरीले जिल्लामा सार्वजनिक सम्पतिको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख गौतम, प्रमुख जिल्ला अधिकारी पौडेल सहित जिल्ला समन्वय समितिका सदस्य धनविर ओली, निमित्त जिल्ला समन्वय अधिकारी तेजकुमार ओली लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण हरप्लेसका जिल्ला अधिकृत महेश केसीले गर्नुभएको थियो ।।

Facebook Comments