• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा पक्राउ परेका २१ जना विप्लव नेताहरुलाई धरौटीमा रिहा गर्न आदेश




हेमन्त प्रकाश वली
दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उहाँहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । नेताहरु चन्द्रबहादुर थापा, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए ।

अदालतले आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार चलान भएका छन् ।

Facebook Comments