• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोट–चुनवाङ सडकको रुटमा सहमति




रुकुमकोट चुन्वाङ जोडने सडक खण्डको उत्पन्न विवाद टुंगिएको छ ।


शुक्रवार रुकुमकोटमा वसेको सर्वपक्षिय बैठकद्धारा संवाद समितिले विवाद टुंग्याएको हो ।

रुकुमकोट चुन्वाङ जोडने सडक खण्डमा संघ र प्रदेश सरकारले निर्माण गरका दुई ओटा डिपि आर भएकाले सडक कुन डिपिआरलाई आधार मानेर अगाडी बढाउने भने विषयमा विवाद भएको थियो ।


यस अघि सिस्ने गाउँपालिका वडा नम्बर ५ को मैदान, दुधिल्लागैरा, लक्कुलाउने, हुदैँ भुमे गाउँपालिका वडा नम्बर ८ को मैवाङ भएर होर्दिङ हुदै भुमे गाउँपालिकाको चुन्वाङ जोडने तयारी भए पछि भुमे गाउँपालिका वडा नम्बर ८ कुचिवाङकका स्थानियले विरोध जनाएका थिए ।


कुचिवाङका स्थानियले रुकुमकोट चुन्वाङ जोडने सडक कुनै पनि अवस्थामा कुचिवाङ भएर लग्नु पर्ने यदि त्यसो नभए सडक निर्माणको काम अधि बढाउन नदिने चेतावनी दिए पछि विवाद उत्कर्षमा पुगेको थियो । यसै विषयलाई लिइएर कुचिवाङका स्थायिनले केहि दिन अघि विभिन्न निकायमा सडकको काम रोक्न मुद्दा समेत दिएका थिए ।


विवाद उत्कर्षमा पुगे पछि संवाद समितिले समाधानका लागि सवै पक्षलाई बैठमा बोलाएको थियो । विवाद टुंगिए संगै अव रुकुमकोट चुन्वाङ जोडने सडक सिस्ने गाउँपालिका वडा नम्बर ५ को मैदान, दुधिल्लागैरा, लक्कुलाउने, हुदैँ भुमे गाउँपालिका वडा नम्बर ८ को दारेवाङ चौर, मैवाङ भएर होर्दिङ हुदैँ भुमे गाउँपालिकाको चुन्वाङ जोडिने गरी सहमति भएको संवाद समितिका सदस्य यज्ञप्रकाश मल्लले जानकारी दिनुभएको छ ।


विवाद सामाधान भए संगै कुचिवाङका स्थायिनले विभिन्न निकायमा सडकको काम रोक्न दिइएको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।


सर्वपक्षिय बैठकमा प्रदेश सभा सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्धन बुढा, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी विष्ट, संवाद समितिका सदस्यहरु, कुचिवाङका स्थानियहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments