• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्जुनखोलामा अर्जुन सरोवार बनाउन संभाव्यता अध्ययन




दाङको लमहीनजिक रहेको अर्जुनखोलामा ‘अर्जुन सरोबर’ निर्माणका लागि संभाव्यता खोज अध्ययन गर्ने उद्देश्यले अवलोकन गरिएको छ ।


जसअन्तर्गत आज प्रारम्भिक पहलका रूपमा पहिलो स्थलगत अवलोकन गरिएको नेकपाका लमही नगर सचिव बसन्तराज शर्मा ‘विक्रान्त’ले जानकारी दिनुभयो । इञ्जिनियरिङ एसोसियशनका प्राबिधिकसहित अर्जुन खोलाको बिभिन्न खण्डमा पुगेर स्थलगत प्राबिधिक अध्यन गरिएको उहाँले जानकारी दिनुभयो ।


स्थलगत अवस्थीतिको प्रारम्भिक निरीक्षण गर्दा दाङमा अर्जुनखोलालाई देउखुरीमा लमही नगरपालिकाका ६, ७, ८ र ९ नंम्बर वडामा सिंचाई तुरून्तै गर्न सकिने देखिएको शर्माले जानकारी दिनुभयो । अर्जुनखोलालाई मान सरोबर, इन्द्र सरोबरजस्तै अर्जुन सरोवरका रूपमा विकास गर्न सकिने इञ्जिनियरहरुले बताएका छन् ।

त्यस्तै बॉधलाई उच्च बनाउन सकिने तर लमही–घोराही सडकखण्डमा पर्न सक्ने असरलाई व्यवस्थापन गर्नुपर्ने, लघु जलविद्युत उत्पादन गर्न सकिने संभावना रहेको इञ्जिनियर डिल्लीराम भट्टले जानकारी दिनुभयो ।

नेकपा लमहीका सचिव शर्माले भन्नुभयो– ‘दाङको अर्जुनखोलालाई बहुउपयोगी उच्च बॉधको कार्यक्रम लागु गर्ने संभावना रहेकाले नेपाल सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका आधारमा “अर्जुन सरोबर” संभावना छ ।’

Facebook Comments