राप्ती साहित्य परिषद्काे अायाेजनामा दाङ घोराहीमा साहित्यकार रमेश सुवेदीद्वारा लिखित एवं तिलकप्रसाद पुनद्वारा प्रकाशित राप्तीका बिभिन्न पुरस्कारहरुकाे पुस्तकाकार कृति “रापतीका साहित्यिक पुरस्कारहरु” नामक पुस्तककाे लाेकार्पण तथा पुरस्कार अक्षयकाेषकाे घोषणा गरिएको छ ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालकाे अध्यक्षता तथा वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माकाे प्रमुख अातिथ्य एवं प्रा.केशव सुवेदी र डा.अमर गिरीकाे विशिष्ट अातिथ्यमा सन्चालित कार्यक्रममा उक्त कृतिकाे लाेकार्पण प्रमुख अतिथि शर्मा लगायतका अतिथिहरुले गर्नुभएको थियो ।
समाराेहमा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरु डा.अमर गिरी र प्रा.केशव सुवेदी, कृतिका लेखक रमेश सुवेदी, प्रकाशक तिलकप्रसाद पुन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का सल्लाहकारहरु उत्तमकृष्ण मजगैयाँ, गिरिराज शर्मा, दाङ साहित्य तथा सँस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, सर्वाेदय पुस्तकालयका अध्यक्ष एवं छलफल चाैतारी दाङका संयाेजक सुशील गाैतम, राप्ती साहित्य परिषद् प्यूठान शाखाका अध्यक्ष देवेन्द्र कुमार रिजाल, सिस्नाेपानी दाङका अध्यक्ष डा.लाेकराज पराजुली, प्रलेस ५ नं.प्रदेशका संयाेजक केशव थापा, प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकारहरु नारायण नेपाल, डा.कृष्णराज डी.सी., लगायतका अतिथि स्रष्टाहरुले शुभेच्छा प्रकट गर्नुभएको थियो ।
यसैबीच राेेल्पा निवासी तिलकप्रसाद पुन तथा हेमलता पुन लगायतका नाैजना साहित्यानुरागीहरुले स्थापना गर्नुभएको रु १ लाख ११ हजार १११ राशीकाे ‘श्रीबहादुर दिलमाया साहित्य पुरस्कार’ अक्षयकाेषकाे घोषणा गरी साेकाे चेक राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललाई हस्तान्तरण गरिएको थियो ।
राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाले धन्यवाद प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परिषद्का सचिव खेमराज मल्लले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।