पद्यमोदय पब्लिक नमूना माँध्यामिक विद्यालय घोराही भरतपुुरमा परिसर सरसफाई गरिएको छ ।
पद्यमोदय इको क्लवको आयोजनामा विद्यालयलाई प्लाष्टिक मुुक्त र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरसफाई गरिएको इको क्लवका स्रोत व्यक्ति शिक्षक शालिकराम पाण्डेले जानकारी दिनुुभयो ।
![](https://sisneonline.com/wp-content/uploads/2019/12/79903049_812609542521053_7849609382676398080_n-1024x579.jpg)
सरसफाईका क्रममा विद्यालय वरिपरि ३५ बोरा प्लाष्टिक जन्य वस्तुु संकलन भएको थियो । उक्त सरसफाई पद्यमोदय माविका अध्ययनरत कक्षा ७ र ८ विद्यार्थीहरु सहभागी भएका थिए ।
Facebook Comments
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।