• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ द्धारा ६० जना जेष्ठ नागरिकलाई न्यानो कपडा




घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले ६० जना अति विपन्न परिवारका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेको छ । चालु आर्थिक बर्षको ६० हजार रुपैयाँ बजेटबाट वडा भित्र रहेका ६० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

वडा अध्यक्ष शक्तिराम डाँगी सहित वडा सदस्य, कर्मचारी सहितको टोली विभिन्न टोल विकास संस्थामा पुगेर ति विपन्न जेष्ठ नागरिकहरुलाई फाईबर सिरक र म्याट प्रदान गर्नुभएको हो ।

वडा भित्रका ३५ टोल मध्य २७ टोल विकास संस्थाका विपन्न जेष्ठ नागरिकहरुलाई ति न्यानो कपडा बितरण गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

टोल विकास संस्थाले सिफारीस गरेका र वडा सदस्यहरुले अनुगमन गरे पछि ति जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । साथै वडाले सडक पेटीमा बस्दै आएका दुई जनालाई पनि न्यानो कपडा बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

न्यानो कपडाहरु पाए पछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । स्थानिय सरकारले जनताले अनुभूती गर्ने गरी काम गरिरहेको भन्दै वडा अध्यक्ष डाँगीले घरमै स्वास्थ्य जाँच तथा सामाजिक सुरक्षा भत्तामा बृद्धी गरिरहेको जानकारी दिनुभयो ।

Facebook Comments