• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाँफीकोटमा पढाइ मेलाः सिर्जनशील विद्यार्थीको भेला




रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ छिन्खेतमा पढाई मेला सम्पन्न भएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक र विश्व शिक्षा कार्यक्रमको प्राविधिक सहयोगमा मिक नेपाल रुकुम पश्चिमद्धारा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआर) अन्तरगत पढाई मेला आयोजना गरिएको हो ।

पढाई मेलामा इजिआर कार्यक्रम लागु भएका विद्यालयले पठन पाठनमा प्रयोग भैरहेका स्थानीय वस्तुवाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । त्यस्तै विद्यार्थीहरुका विचमा पढाई गति मापन प्रतियोगिता पनि संचालन गरिएको थियो भने विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

पठनपाठनको स्तर बृद्धि गर्नका लागि विद्यालयले गरिरहेका अभ्यास देखाउने तथा एउटा विद्यालयले गरेको राम्रो काम अर्को विद्यालयले सिको गरुन र समग्रमा पढाईको स्तर बृद्धि होस भन्ने उदे्श्यले जिल्ला स्तरीय पढाई मेला आयोजना गरिएको विश्व शिक्षा कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रमोद बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुम पश्चिमका ९३ वटा विद्यालयमा यो कार्यक्रम विगत डेढ वर्ष देखि संचालनमा छ । कक्षा १–३ का विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्रीको प्रयोगबाट व्यवहारिक ज्ञान सिकाउनका लागि यो कार्यक्रम अन्तरगत एउटा विद्यालयलाई कुल १ हजार ९ सय ३९ प्रकारका शैक्षिक सामग्री उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

यसलाई आधार मानेर विद्यालय आफैले पनि स्थानीय सामग्रीको प्रयोगमा कस्ता शैक्षिक सामग्री उत्पादन गरेका छन् र त्यसबाट कसरी पठन पाठन गराईरहेका छन् भनेर जान्नका लागि पनि पढाई मेला आयोजना गरिएको आयोजकले बताएको छ ।

त्यस्तै शैक्षिक सामाग्रीको प्रयोगबाट विद्यार्थीले कस्तो सिकाई गरिरहेका छन् भनेर जान्न पनि मेला सहयोग भएको मिक नेपालकी इजिआर कार्यक्रम संयोजक सीता बिष्टले बताउनुभयो । बिद्यार्थीको सिकाई कस्तो भनेर थाहा पाउँनका लागि बिद्यार्थीहरुका विचमा पढाई गति मापन प्रतियोगिता संचालन गरिएको उहाँको भनाई छ ।

प्रतियोगितामा बालहित आधारभुत विद्यालय बाँफिकोट १० सेजेकी छात्रा शुसिला ओली प्रथम, शिशु साक्षर आधारभुत विद्यालय बाँफिकोट गाउँपालिका ९ मोरावाङका छात्रा हरि खनाल, आधारभुत विद्यालय सानीभेरी गाउँपालिका ३ ज्यामिरेकी छात्रा अमृता बिष्ट तृतिय र हिमालय नमुना आधारभुत विद्यालय बाँफिकोट ७ गोरेकाँडाकी छात्रा जुनमाया केसी शान्त्वना भएको बताईएको छ ।

मेलामा जिल्लाका २२ वटा विद्यालयको सहभागीता रहेको आयोजकले जनाएको छ । मिक नेपालकी कार्यसमिति सदस्य ललिता बुढाको अध्यक्षतामा भएको पढाई मेलामा जिल्ला समन्वय समितिका सदस्य टेकवहादुर पुनको प्रमुख र बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मवहादुर केसीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा बाँफिकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकाश पुन, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत ज्ञानवहादुर खड्का, गैरसरकारी संस्था महासंघका सचिव शारदा डाँगी, शिक्षाका लागि खाद्य कार्यक्रमका अधिकृत लिलानाथ पौडेल, आईडिएस नेपालका जिल्ला अधिकृत दामोदर प्रसाद यादव, पत्रकार महासंघका सचिव हरि गौतम लगायतको पनि आतिथ्यता रहेको थियो ।

विश्व शिक्षा कार्यक्रमका जिल्ला अधिकृत प्रमोद बिष्टले पढाई मेला आयोजनाको उद्ेश्यका बारेमा जानकारी गराएकामा मिक नेपालकी बदेना बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन मिक नेपालकी इजिआर कार्यक्रम संयोजक संयोजक सीता बिष्टले गर्नुभएको थियो ।।

Facebook Comments