• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपूर्वको पहिलो बैठकः सदस्यता नवीकरण अभियान चलाउन ६ टीम बनाइयो





नेपाल कम्युनिस्ट (नेकपा) रुकुम पूर्वको पहिलो सचिवालय बैठक बसेको छ । जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ (महेश)को अध्यक्षतामा बसेको बैठकले जिल्लामा ६ वटा टिम बनाएर पौष मसान्त सम्ममा मातहत कमिटी तथा सम्पूर्ण पार्टी सदस्यहरुको बैठक एबं भेलाहरु आयोजना गरि पार्टी सदस्यता नविकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

एकता प्रक्रिया सम्पन्न गरेका जन बर्गिय संगठन तथा मोर्चा संगठनहरुका बैठक तथा भेलाहरुको आयोजना गरी तल्लो तह सम्म संगठनको कामलाई ब्यबस्थित गर्ने, जिल्ला पार्टी मातहतका बिभागहरुलाई पुर्णता दिने र पार्टी र स्थानीय सरकारको बीचमा व्यापक अन्तरक्रिया तथा छलफल गरी स्थानीय तहको कामलाई उत्तरदायि र प्रभावकारी बनाउने बैठकमा निर्णय भएको छ ।

नेकपा रुकुम पूर्वले एक महिना भित्रमा पार्टी केन्द्रसँग समन्वय गरि अगुवा कार्यकर्ताहरुका लागि जिल्ला स्तरी प्रशिक्षण संचालन गर्ने भएको छ । त्यस्तै पार्टीले महिनामा एक दिन श्रम शिविर संचालन गर्ने भएको छ । हरेक पार्टी सदस्यले कम्तीमा महिनाको १ दिन श्रम शिबिर गर्ने बैठकले निर्णय गरेको हो ।

पार्टीले प्रधानमन्त्री केपि शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै केहि समय अघि पाँच नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्री लगायतको टीमले गरेको जिल्ला भ्रमणलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

बैठकमा स्थानीय तहका पार्टी इन्चार्जहरु, जबस र मोर्चा सम्बद्ध इन्चार्जहरु लगायतले रिपोर्टिङ गरेका थिए । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेममान खड्काको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज तेजबहादुर ओली, पार्टीका प्रदेश सदस्य नन्दलाल शर्मा, जुनकुमारी रोका, कृष्ण रेग्मी, जयबिर घर्ती, लालबहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।।

Facebook Comments