• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुरमा मेयरको अनुगमनः दश बर्षदेखि बन्द बाटो खुल्ने, अलपत्र जलाशय पनि बन्ने




नगर बिकास समिति उपमहानगरको मातहतमा आए पछि यसले गर्दै आएका गतिबिधीलाई तिब्रता दिन थालिएको छ । नगर प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था भए पछि त्यसले गर्ने कामलाई थप जनमुखी गराउन थालिएको छ ।

नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख नरुलाल चौधरीले आज घोराही १८ नवलपुर क्षेत्रमा रहेको नगर विकासले प्लानिङ गरेको बस्ती विकासमा सडक गुणस्तर, सडक निर्माण र कृत्रिम जलाशय बनाउने योजनाको निरिक्षण गर्नुभएको छ ।

नगर विकास समितिले प्लानिङ गरेको बस्तीमा सडक कालोपत्रे गर्नका लागि पहिलो चरणमा करिब एक किलो मिटर दुबै तर्फको पक्की नाला निर्माणको काम भैरहेको छ । उक्त काम सन्तोषजनक ढंगले अघि बढेको र कालोपत्रेका लागि पनि काम छिट्टै हुने उहाँको भनाई छ ।

त्यस्तै घोराही मुर्कुटी सडक अन्तरगत नवलपुरमा चौपारी जरुवा देखी दक्षिण तर्फको नवलपुर गाउँमा जाने बाटो रोकिएकाले निर्माण पनि यसै बर्ष गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

व्यक्तिको जग्गा परेका कारण दक्षिण तर्फको नवलपुर गाउँ जाने नागरिकहरु काँडेतार मुनीबाट जानु पर्ने बाध्यतालाई अब अहिले प्रदेस सरकारले बनाईरहेको सडकमा जोड्ने गरी काम हुने उहाँको भनाई छ ।

त्यस्तै आजै नगर प्रमुख चौधरी प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, इन्जिनियर रामधन श्रेष्ठ सहित नगर विकास समितिका इन्जिनियर र प्राबिधीकहरुलाई लिएर कृत्रिम जलाशय निर्माण गर्ने स्थानको निरिक्षणमा पुग्नुभयो ।

करिब ३० लाख रुपैयाँको खर्चमा जलाशय निर्माण हुने अनुमान गरिएको छ । पहिले नगर विकास समितिले गरेको इष्टीमेट पनि हेर्ने र नयाँ ढंगले कृत्रिम जलाशय बनाउने गरी यसै बर्ष काम हुने र बजेट पनि रहेको जानकारी दिनुभयो ।

ताल स्थल

बजार क्षेत्रमै पानीको संकलन र बहुउपयोगी बनाउने गरी नमूना नवलपुर जलाशय बनाउने सोच रहेको बताउनुभयो ।

Facebook Comments