• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा बीई नवौं ब्याचलाई स्वागत र प्रशिक्षण





राप्ती इञ्जिनियरिङ कलेजमा नवौं ब्याचमा भर्ना हुन आएका बीई प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरिएको छ ।


कलेजले एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । २०६८ सालदेखि दाङमा बीई पढाइ शुरु भएकोमा अहिलेसम्म १३७ जना विद्यार्थी इञ्जिनियर बनिसकेका छन् भने १७० जनाले पढिरहेका छन् । एउटा ब्याच नतिजाको पखाईमा छ । २०६४ सालमा स्थापना भएको राप्ती इञ्जिनियरिङ कलेजमा २०६५ सालदेखि पठनपाठन शुरु भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक धारको शिक्षाले नै देशलाई समृद्धिमा लैजाने बताउनुभयो । उहाँले व्यवहारिक र अनुसन्धानमूलक दक्ष जनशक्ति उत्पादनमा शिक्षण संस्थाहरु केन्द्रित हुन आबस्यक रहेकोमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामलाल खड्काले खोज र अनुसन्धानमूलक शिक्षा अहिलेका आबस्यकता भएको बताउनुभयो । कलेजका प्रिन्सीपल रेशम गिरीले ७ वटा विषयमा पढाई हुदै आएको र अहिलेसम्म ५ सय ५० जना विद्यार्थी पास आउट भएको जानकारी दिनुभयो ।


कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसी, प्राध्यापक डा. बसन्तराज अधिकारी, पद्मोदय विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशी, माउन्ट भ्यू स्कुलमा अध्यक्ष अरुण सुबेदी, पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, विद्यार्थी सन्देश रिजालले प्राविधिक धारतर्फ इन्जिनियरिङ पढाईको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।


कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निर्देशक मधुसुदन बैद्यले गर्नुभएको थियो ।


बिहीवार प्रा.डा बसन्तराज शर्मा अधिकारी, इञ्जिनियर रामधन श्रेष्ठ र पत्रकार नरेन्द्र केसीले प्रशिक्षण दिनुभएको थियो । शर्माले अध्ययन र अध्यापनबारे चर्चा गर्नुभएको थियो । इञ्जिनियर श्रेष्ठले इञ्जिनियरिङ क्षेत्रका संभावना र चुनौतिबारे चर्चा गर्नुभएको थियो ।

पत्रकार केसी बदलिंदो नेपाल र सामाजिक उत्तरदायित्वका बारेमा चर्चा गर्दै आम शिक्षामा प्राबिधिकरण र प्राबिधिक शिक्षामा मानवीयकरणको वकालत गर्नुभएको थियो । अभिमुखीकरण शुक्रवारसम्म चल्ने छ ।

Facebook Comments