• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कार्यालय सञ्चालन ब्यवस्थित गर्न नेकपाका कार्यालय सचिवहरुलाई तालिम





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ नम्बर ५ ले प्रदेशभित्रका सबै जिल्लाका कार्यालय सचिवहरुका लागि कार्यालय ब्यवस्थापन तालिम दिएको छ ।


दाङको लमहीमा उनीहरुलाई राजनीतिक र प्राविधिक प्रशिक्षण दिइएको हो ।


नेकपा प्रदेश नम्बर ५ का कार्यालय सचिव बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले पार्टी सञ्चालनलाई प्रबिधिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

सबैतिर सूचना प्रबिधिको प्रयोग भए पनि पार्टी कामको यसको कम प्रयोग भइरहेको भन्दै प्रदेशभित्रका सबै कार्यालयहरु ब्यवस्थित गर्न यो तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । यसले सबै जिल्लाका कार्यालय ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।


कार्यक्रममा मधु आचार्य र बालकृष्ण पाण्डेले कार्यालय ब्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्चालन नेकपा ५ नम्बर प्रदेशका संगठन विभाग प्रमुख भूमिश्वर ढकालले गर्नुभएको थियो ।


प्रशिक्षणमा नेकपामा जिल्ला अध्यक्ष, कार्यालय सचिव र कम्प्युटर अप्रेटरहरुको सहभागिता थियो ।

Facebook Comments