रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका कर्मचारीले आज दिनभर नगरपालिकाबाट दिने सेवा ठप्प पारेका छन । निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादृुर केसी र सुचना प्रविधि अधिकृत गणेश चन्दमाथी हिजो भएको सांघातिक आक्रमणको विरोधमा कर्मचारीले आजदेखि अनिश्चित कालका लागि सेवा बन्द गरेका हुन ।
आज दिनभर नगरपालिकाको कार्यालय खुलेपनि कर्मचारीहरुले कार्यालयको काम गरेका छनैनन् । कर्मचारीहरुले काम बहिस्कार गरेपछि विभिन्न काम लिएर नगरपालिका काम नसकेर फर्किएका छन् । कार्यालयको काम सकेर कोठा फर्कने क्रममा गत बेलुकी ६ बजे केसी र चन्दमाथी वडानम्वर ३ का अध्यक्ष केशरमान बिकका भाईहरु गोपाल बिक र हरिष बिकले आक्रमण गरेका थिए ।
आक्रमणको योजना बनाएको आरोपमा प्रहरीले वडाध्यक्ष केशरमान बिकलाई पक्राऊ गरेको छ । वडाअध्यक्षकै निर्देशनमा आक्रमण गरिएको हो कि होईन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।