• २४ भाद्र २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आठबीसकोटका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट





रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसी माथि कुटपिट भएको छ । कार्यालयको काम सकेर कोठा तर्फ गैरहेका केसी माथि बुधबार बेलुकी ६ बजेतिर राडि बजार नजिकै आक्रमण भएको प्रहरीले जनाएको छ ।

केसीको टाउकोमा चोट लागेको छ । उहाँको टाउकोमा चारवटा टाँका लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीलाई आठबीसकोट नगरपालिका ३ का वडाध्यक्ष केशरमान बिकका सहोदर भाई गोपाल बिकले कुटपिट गरेको बताईएको छ । बिक फरार रहेको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

घटना पछि प्रहरीले वडाध्यक्ष बिकलाई पक्राउ गरेको छ । घटनाको योजनाकार भनेर आरोप लागेपछि वडाध्यक्षलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । घटना निन्दनिय भएको भन्दै नगरपालिकाले घटनाको भत्र्सना गरेको छ । उपप्रमुख गीता नेपालीले विज्ञप्ती जारी गर्दै दोषिलाई कारवाहीको माग समेत गर्नुभएको छ ।

केहि दिन देखि बिकले प्रमुख प्रशासकिय अधिकृतको पिछा गरिरहेको र सम्झाई बुझाई गर्दा गर्दै आक्रमण हुनु निन्दनिय कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै कर्मचारीहरुले छुट्टै विज्ञप्ती जारी गरेका छन् । वडाध्यक्ष विकको योजनामा उहाँका भाई गोपाल र अर्का युवक हरिश बिकले सुनियोजित रुपमा धारिलो हतियारले आक्रमण गरेको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

विज्ञप्तीमा प्रमुख प्रशासकिय अधिकृत केसी सहित सूचना प्रविधि अधिकृत गणेश चन्दलाई समेत आक्रमण गरी कुटपिट गरेको उल्लेख छ । साथै यस आक्रमणको विरोधमा कर्मचारीहरुले आजदेखि नगरपालिकाको कामकाज ठप्प पार्ने जनाएका छन् । दोषिलाई कानुन बमोजिम कारवाहि नभएसम्मका लागि कर्मचारीका तर्फबाट हुने सम्पुर्ण कामकाजहरु आजबाट ठप्प हुने जनाईएको छ । आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments