• २ आश्विन २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली सरकारको मन छुने कार्यक्रमः अब हरेक छोरीको हुनेछ आफ्नै बैंक खाता





कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो।

कर्णाली प्रदेश सरकारले यही आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो योजना ल्याएको थियो। यो योजनाअन्तर्गत छोरीको नाममा बैंक खाता खोली २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी खातामा पैसा जम्मा गरिने छ।

सुरुमा खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरिनेछ भने त्यसपछि २० वर्ष पुग्ने बेलासम्म मासिक ५०० रुपैयाँका दरले खातामा पैसा जम्मा हुनेछ। यद्यपी आवश्यकता र परिस्थितिका आधारमा यो रकमलाई हेरफेर गर्न मिल्नेगरी कार्यविधी बनाइएको छ।

खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ। ब्याजसहित भने खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ।

यो योजना मंगलबारदेखि मुख्यमन्त्रीको गृहजिल्ला कालिकोटबाट सुरु भएको छ। खाँडाचक्र नगरपालिका वडा नम्बर १ र २ का दुई दलित समुदायका बालिकाको बैंक खाता खोलेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजनाको सुरुवात गरे।

Facebook Comments