प्रेस संगठन नेपालले ६७ सदस्यीयकोे प्रदेश प्रतिष्ठान समिति गठन गरेको छ । सोमबार बसेको प्रेस संगठन, नेपाल उपत्यका प्रतिष्ठानको बैठकले वीरेन्द्र ओलीको संयोजकत्वमा ६७ सदस्यीयको प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठान शाखा संयोजक र सहसंयोजक स्वतः प्रदेश समिति पदेन सदस्य रहने भएकाले उनीहरुलाई प्रदेश समितिमा भने समेटिएको छैन । संयोजक ओलीले पत्रिका, अनलाइन, रेडियो, टिभीहरुको छुट्टै शाखा गठन गर्ने बताएका छन् । उनले भने, ‘अब पत्रिका, अनलाइन, रेडियो र टिभीको छुट्टै शाखा गठन गरिन्छ ।’
समितिले गोरखापत्र संस्थान प्रतिष्ठान, रेडियो नेपाल प्रतिष्ठान, राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान र नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका संयोजक र सहसंयोजकलाई शाखा विस्तार गर्न पनि निर्देशन दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।