बालविकास माध्यामिक विद्यालय घोराही १४ को अध्यक्षमा शक्तिराम डाँगी चयन हुनुभएको छ ।
यसअघि सदस्य चयन गरेकोमा आज सदस्यहरुको बैठकबाट उहाँलाई अध्यक्ष बनाइएको हो । घोराही १४ का अध्यक्षसमेत रहेका डाँगीलाई सर्वसम्मतरुपमा विद्यालयको अध्यक्षमा चयन गरिएको हो ।
समितिमा सदस्यहरुमा अभिभावकको तर्फबाट बिनोद रोका, नैनशिङ घर्ती, कुमारी पुन र माया विक रहनु भएको छ ।
चन्दादाताको तर्फबाट निर्मल देवकोटा र स्थानिय तथा समाजसेवी बुद्धिजीवीको तर्फबाट दिलकुमारी बुढा सदस्य रहनुभएको छ । समितिको सदस्य सचिव प्रअ राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।