• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धुका विद्यार्थी चौघेरा मठमाः मठको इतिहासप्रति चासो





झण्डै तेह्र सय बर्ष पुरानो इतिहास बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको बारेमा विद्यार्थीले चासो दिएर अध्यन गरेका छन् ।


ज्ञानसिन्धु मावि घोराहीमा अध्ययरत कक्षा ११ र १२ का समाजशास्त्रका विद्यार्थीले यस्तो चासो दिएका हुन् । उनीहरुले पुराना मन्दिर, निर्माणाधीन मन्दिर, चित्रालय र पुरानो कुवाको अध्ययन गरेका थिए ।


विद्यार्थीहरुलाई मठको बारेमा जानकारी दिंदै पीर योगी देवनाथले यो बिसं ८०९ सालमा स्थापना भएको बताउनुभयो । गोरखनाथबाट दीक्षित भएर सवालाख झारखण्डका राजा रत्न परीक्षकले सम्पूर्ण दरबारलाई मठमा बदलेर सिद्धरत्ननाथ बनेको इतिहास उहाँले सुनाउनुभयो ।


नेपालका धेरै मन्दिरहरु हिन्दू धर्मका लागि मात्रै खुला भए पनि यो मठ सबै धर्मका लागि खुला रहेको उल्लेख गर्दै उहाँले गोरक्षनाथलाई हिन्दू, मुश्लिम र यहुदिहरुले पनि मान्ने गरेको बताउनुभयो ।

‘यो हठ योग साधनको केन्द्र हो’– उहाँले भन्नुभयो– ‘गोरक्ष भनेकै इन्द्रीयको रक्षा हो, त्यो योगबाट मात्रै संभव छ ।’ यति महत्वपूर्ण स्थल भएर पनि यसको आवश्यक विकास हुन नसकेको औल्याउँदै उहाँले यसमा स्थानीय सरकारले बढी ध्यान दिनुपर्ने बताउनुभयो ।


यस्तै योगस्थलहरु भारतमा धेरै विकसित भएको औल्याउँदै उहाँले यसमा पनि दैनिक हजारौंलाई योग साधना गराउन सके पूर्वीय दर्शन र स्थानीयको शारीरिक सवलता एकैसाथ विकास गर्न सकिने धारणा पनि उहाँले राख्नुभयो ।

योगकै कारण सिद्धरत्ननाथ बाबा ६ सय बर्ष जीवित रहेको उल्लेख गर्दै उहाँले आजको तनावपूर्ण जीवन ब्यवस्थापनमा ध्यान र योगको धेरै महत्व रहेको बताउनुभयो । यो मठमा हरेक दिन दिउँसो ३ बजेदेखि विहान सवा ३ बजेसम्म वैदिक र तान्त्रिक बिधिद्वारा पूजा अर्जन हुने गर्दछ । विद्यार्थीहरुले चासोका साथ विभिन्न प्रश्न सोधेका थिए ।

Facebook Comments