• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नमूना सहकारी गाउँमा सहकारी मन्त्री, नाम मात्र होइन कामकै नमूना बनाउन आग्रह





कर्णाली प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी नेतृत्वको टोलीले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ का विभिन्न आयोजनाको अनुगमण गरेको छ । नमूना सहकारी गाउँ अन्तरगत कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट संचालित योजनाको अनुगमण गरियो ।

मुसीकोट नगरपालिका ९ चौखावाङमा रहेको कामी बुढा स्मृति जनकृषि सहकारी संस्थाले सुरु गरेको भैंसि पालन र सृजनशिल महिला आयआर्जन सहकारी संस्थाले सुरु गर्न लागेको मसला उद्योगको अनुगमण गरिएको हो । प्रदेश सरकारको अनुदानमा संचालित आयोजनाको अवस्था, उपलब्धी, चुनौति लगायतका विषयमा मन्त्री केसी लगायतको टोलीले अनुगमण गरेको हो ।

नमूना सहकारी गाउँ अन्तरगत साविकको चौखावाङ गाविस अर्थात हालको मुसीकोट नगरपालिका ९ र १० मा गत आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट एक करोड बजेट आएको थियो । जुन बजेट भैंसि पालन, बाख्रा पालन र मसला उद्योग संचालनका लागि खर्च भएको छ । यो वर्ष ५० लाख बजेट आएको छ ।

मुसीकोट ९ मा रहेको कामि बुढा स्मृति जन कृषि सहकारी संस्थाले भैंसि र छबि बहुउद्देश्यिय सहकारी संस्थाले बाख्रा पालन गरिरहेको छ भने सृजनशिल महिला आयआर्जन सहकारी संस्थाले स्थानीय उत्पादनको प्रयोगबाट मसला उद्योग संचालन गर्ने तयारी गरिरहेको छ । जसका लागि सामग्री खरिद भैसकेको र अव जडान गरेर संचालनको तयारी भैरहेको सहकारीले जनाएको छ ।

भैंसि पालन र मसला उद्योगको अनुगमण गर्दै मन्त्री केसीले भैंसिको भकारो सुधार गर्न, आवश्यक घाँसको व्यवस्था गर्न, खोरको व्यवस्थापन गर्न निर्देशन दिनुभयो । त्यस्तै आईसकेका सामग्री जडान गरेर तत्कालै मसला उद्योग संचालन गर्न पनि निर्देशन दिनुभएको छ । प्राविधिक ज्ञानको कमि र दक्ष जनशक्ति तथा आवश्यक अन्य ज्ञानको कमि रहेका कारण आवश्यक तालिमको व्यवस्था गर्न सहकारीका पदाधिकारीहरुले आग्रह गरेका थिए ।

अनुगमण पछि नमूना सहकारी गाउँ स्थापनाका लागि वडा नं. ९ र १० मा संचालित योजनाको उपलब्धीका विषयमा अन्तरक्रिया गरिएको थियो । जसमा सहकारी संस्थाले आफुले गरेका काम, तिनको उपलब्धी, चुनौतिका विषयमा रिपोर्टिङ गर्दै सुझाव समेत दिएका थिए । अधिकांशले अनुदान आएको तर त्यसलाई प्रयोग गरी दिगो उपलब्धी हाँसिल गर्नका लागि आवश्यक ज्ञानको अभाव रहेको भनाई राखेका थिए ।

त्यस्तै सहकारीमा आवद्ध सदस्य तथा शेयर सदस्यहरुले पनि सामुहिकताको विकास गर्ने उद्ेश्यले नमूना सहकारी गाउँको अवधारणा आएको भएपनि सामुहिकताको विकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री केसीले नमूना सहकारी गाउँ निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सबैले मेरो हो भन्ने भावना विकास नगरे सम्म यो कार्यक्रम प्रभावकारी नहुने र सरकारको लगानि खेर जाने उहाँको भनाई थियो । आवश्यक बजेट सहित अव प्राविधिक ज्ञानका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो । अन्तरक्रिया कार्यक्रम नमूना कृषि सहकारी गाउँ संचालक समितिका अध्यक्ष गोप्यश्वर केसीको अध्यक्षतामा भएको थियो ।

त्यस्तै वडामै रहेको कुप्रेकोट भ्यु टावर पर्यटकिय स्थल र जनशिक्षा आधारभुत विद्यालयको पनि अवलोकण अनुगमण गरिएको थियो ।

अनुगमणमा मन्त्री केसी सहित मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, उपप्रमुख प्रेमकुमारी सुनार, नेकपाका प्रदेश सदस्य बसन्त शर्मा कुशल, कृषि विकास र भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।।

Facebook Comments