नवलपुर युवा क्लब घोराही १८ नवलपुरको आयोजनामा भएको केशरसिंह श्रेष्ठ स्मृति रनिङ शील्ड नवलपुर कपको उपाधि फुर्सेखाली क्लबले हात पारेको छ ।
राप्ती क्लबलाई १ का विरुद्ध २ गोलले पराजति गर्दै घोराही १८ को फुर्सेखाली क्लबले कप हात पारेको हो । फुर्सेखालीले कपसहित ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि हात पारेको छ ।
यसपटकको खेलमा १२ टीमले सहभागिता जनाएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।
उपविजेता राप्ती क्लबले २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गरेको छ । अष्ट्रेलियामा बसोबास गर्ने सुवास श्रेष्ठले बुवा केशरसिंह श्रेष्ठको सम्मानमा हरेक बर्ष नवलपुर कप फूटबलका लागि ५ लाख सहयोग गर्दै आउनुभएको छ ।
तस्विर: कुलदीप न्यौपाने
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।