• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुद्ध–सरयू राष्ट्रिय चलचित्र महोत्सवको प्रबर्धक चलचित्र विकास बोर्ड रहने




दाङमा हुने बुद्ध–सरयू राष्ट्रिय चलचित्र महोत्सवको प्रबर्धक चलचित्र विकास बोर्ड रहने भएको छ ।
महोत्सव आयोजक पहल नेपालले गरेको छलफलमा बोर्डका अध्यक्ष केशव भट्टराइले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । द

ाङमा हुने राष्ट्रिय चलचित्र महोत्सवले देशकै चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने भएकाले बोर्ड प्रबर्धक हुन तयार भएको भट्टराइले बताउनुभयो । पहल नेपालको आयोजना तथा अन्य सामाजिक संघसंस्थाहरुको सहकार्यमा आगामी पुस ११, १२ र १३ गते दाङमा चलचित्र महोत्सव हुँदैछ । महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइ पनि आउनुहुने महोत्सव आयोजक समितिका संयोजक केएल पीडितले जानकारी दिनुभयो ।


उहाँसहित चलचित्र क्षेत्रका अन्य व्यक्तित्वहरु, चलचित्रकर्मी, लेखक र समीक्षकहरु पनि दाङ आउने कार्यक्रम छ । चलचित्रको अवस्थासम्बन्धी कार्यशाला पनि हुनेछ । सहयोग पुर्‍याउने र नेपाली लोककला, रितीरिवाज, गाथा र मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जागरण पैदा गर्ने उद्देश्यले महोत्सव गर्न थालिएको संयोजक केएल पीडितले जानकारी दिनुभयो ।


महोत्सवमा कला क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई राष्ट्रिय साधना सम्मान पनि प्रदान गर्ने कार्यक्रम छ । सरयू दाङको एक प्रमुख नदी बबईको पुरानो नाम हो । बबई र प्रदेश ५ मा पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर कार्यक्रमको नाम ‘बुद्ध–सरयू राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको संयोजक पीडितले जानकारी दिनुभयो ।

सरयू दाङको एक प्रमुख नदी बबईको पुरानो नाम हो । बबई र प्रदेश ५ मा पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर कार्यक्रमको नाम ‘बुद्ध(सरयू राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको संयोजक पीडितले बताउनुभयो । महोत्सव सफल पार्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवमा कला क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई राष्ट्रिय साधना सम्मान पनि प्रदान गर्ने कार्यक्रम छ ।


राष्ट्रिय चलचित्र महोत्सवको दाङ संयोजकमा पीडित

यसैबीच चलचित्र विकास बोर्डले प्रदेश नम्बर ५ मा २०७६ माघ २४–२७ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय चलचित्र महोत्सव २०७६ का लागि महत्त्वपूर्ण ५ जिम्मेवारीसहित दाङ जिल्लाको संयोजन गर्ने जिम्मा केएल पीडितलाई दिएको छ ।

चलचित्र बोर्डका अध्यक्ष केशब भट्टराई र राष्ट्रिय चलचित्र महोत्सव तयारी समितिका संयोजक दयाराम दहालले उहाँलाई सो जिम्मा दिनुभएको हो ।

Facebook Comments