• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल बिकास माबिमा विव्यस र शिक्षक–अभिभावक संघ चयन





घोराही १४ स्थित बाल बिकास माबिमा विद्यालय ब्यवस्थापन समिति चयन गरिएको छ ।
अभिभावकहरुको भेलाले विव्यस चयन गरेको हो ।

भेलाले चार सदस्यीय समिति चयन गरेको हो । जसका सदस्यमा कुमारी पुन, मायाँ बिक, बिपिन रोका र नैनसिंह घर्ती रहनुभएको छ ।


चार सदस्यीय समितिको पहिलो बैठकले चन्दादाताबाट निर्मल देवकोटा र स्थानीय बुद्धिजीवी दिलकुमारी बुढालाई सदस्यमा थप गरेको छ ।

ज्येष्ठ सदस्य बिपिन रोकाको अध्यक्षतामा बसेको समितिको बैठकले सदस्य थप गरेको हो । समितिको अर्को बैठकले अध्यक्ष चयन गर्नेछ ।


त्यस्तै अभिभावकहरुको भेलाले ६ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । जसमा प्रकाशसिंह पुन, सुरश बुढा, उर्मिला चौधरी, निशा गुप्ता, लीलावती दशौंदी र गिता गिरी सदस्य रहनुभएको छ । यसको अध्यक्ष पनि समितिको बैठकले नै चयन गर्नेछ ।


अभिभावक भेलाको उद्घाटन घोराही उप–महानगरपालिका १४ का अध्यक्ष शक्तिराम डाँगीले गर्नु भएको थियो ।

Facebook Comments