रुकुमपूर्वका लेकलेकमा हिमपात भएको छ । लेकमा हिमपात भएका कारणले चिसोले यहाँको जनजीवन प्रभावित भनेको हो । लेकमा हिउँ र गाउँबेसिमा पानी परिरहेको छ ।
भूमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका ठाउँमा अत्यदिक चिसो बढेको छ । चिसो भएता पनि कृषक भने खुसी भएका छन । पानी समयमै परेको भन्दै हिउँदे अन्न सप्रर्नेमा पुथा ११ तकसेराका बालकुमार बुढाले बताउनुभयो ।
पानी गाउँ घरमा पानी परिरहेकोले पशुचौपायलाइ गोठमै घाँस खुवाइ राखिएको छ- बुढाले भन्नुभयो-चिसोले गर्दा दैनिकीय कामकाज ठप्प भएको छ । लेकलेकमा हिउँ सेताम्यले झकिझकाउ देखिएको छ ।
खेतबारीका जौ, गहुके लामो समय सम्म खडेरीले गर्दा सुखासँगै बालीको बिरुवा सुकेको थियो । अहिले वारिमा जौ, गहु हरियो देखिएको छ ।