• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी





नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घरमा कोही भएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ ।

आज नेता चौधरीका आफन्तहरु घरमा गएको समयमा गेटको ताला फोडिएको देखे पछि भित्र पस्दा घर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए ।
घटना घटे लगत्तै नेता चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए ।

चुनावको मतगणना सकिलगत्तै एक साता अघि काठमान्डौ गएको हुदाँ नेता चौधरीको घरमा कोही थिएनन् । नेता चौधरी अहिले घर नभएको हुदाँ के के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव सन्तोष दहितले जानकारी दिएका छन् ।

यस्तै घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी आउन सकेको छैन ।

Facebook Comments