• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अभिभावकले नै बनाए आफ्नो आचारसंहिता





रुकुम पश्चिमको एक विद्यालयका अभिभावकहरुले आफ्नो आचारसंहिता आफै बनाएका छन ।


रुकुम पश्चिमको आठबिसकोट १४ मा रहेको जनबिकास माबिका सबै अभिभावकहरु बिद्यालयमा आई आचारसंहिता बनाई लागू गरेका छन । आफ्ना छोराछोरीको पढाईमा आमा बुवाको पनि ठूलो भुमिका हुने भन्दै यस्तो आचारसंहिता बनाएका हुन ।


आफ्ना छोराछोरीको पढाईका निम्ति राम्रो वातावरण बनाइदिने, आवश्यक शैक्षिक सामाग्री किनिदिने, नियमीत स्कुल पठाइदिने, घरमा पढे नपढेको हेर्ने, समय समयमा स्कूल आछोराछोरीको पढाई बारे सोधपुछ गर्ने लगायतका दर्जन बढी आचारसंहितामा समेटेका छन ।

अभिभावक नै जागरुक भएर आचारसंहिता बनाउनु अत्यन्तै राम्रो पक्ष रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले बताउनु भयो ।

अभिभावकको यस्तो कार्यले बिद्यार्थिहरुको पढाईमा सुधार आउने अपेक्षा भएको प्रधानाध्यापक दिपक सङगम थापाले बताउनु भयो ।

Facebook Comments