अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा रोल्पाका एक मृगौलापीडितलाई ६० हजार सहयोग हस्तान्तरण गरिएको छ ।
दुबै मृगौलाले काम नगरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस गराइरहनुभएका रोल्पाको रोल्पा नगरपालिका २ रेउघाका श्याम सुनारलाई सो रकम हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा समाजको शाखा कतारले ४० र गर्गगोत्र लामिछाने खत्री समाज दाङको संयोजनमा २० हजार हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय प्रवक्ता शेरबहादुर डाँगी, केन्द्रीय सदस्य तथा शाखा कतारका सूचना प्रवक्ता बलबहादुर ओली, शाखा कतारका कोषाध्यक्ष दीपेन्द्र डाँगी, सल्लाहकार रुद्र खत्री, रोल्पाली सेवा समाज दाङका सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही १७ का अध्यक्ष पदमबहादुर केसी र थुर्पा अनलाइन टिभीका सञ्चालक कैलाश घर्तीको राहवरमा सहयोग हस्तान्तरण गरिएको हो ।
त्यस्तै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आग्रह र गर्ग गोत्र लामिछाने खत्री समाज दाङका अधयक्ष पदमबहादुर केसीको संयोजनमा खत्रीबन्धुबाट २० हजार संकलन गरी हस्तान्तरण गरिएको छ ।
जसमा पदमबहादुर केसीले पाँच हजार, मदन खत्रीले चार हजार, दुर्गाराज खत्रीले तीन हजार, बागसिंह खत्रीले तीन हजार, कर्णबहादुर खत्रीले दुइ हजार तथा यामबहादुर खत्री, लीलाबहादुर खत्री र मणिराम खत्रीले एक एक हजार सहयोग प्रदान गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै पीडित सुनारका लागि थप सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।