• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँगाउँमा सहकारीको आकर्षण, महिला सदस्य बढी





रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा रहेको स्वावलम्बी कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को आय व्यय सार्वजनिक गर्दै शनिवार संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष भगवति वि. क ले आर्थिक वर्ष २०७६÷७७ को आय व्यय सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष वि.क ले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन अनुसार रु १४ लाख ९ हजार ६ सय ६१ रुपैया बराबरको कुल आम्दानि मध्य ८ लाख ९० हजार ३ सय ७ रुपैया व्यय रहेको छ ।

५ लाख ९९ हजार २ सय ८३ रुपैया संस्थाको खुदनाफा रहेको छ । यसैगरी हाल संस्थाले कुल १ करोड २३ लाख बरावरको कारोवार गरिरहेको बताइएको छ ।


यस वर्ष सहकारी संस्थाले विभिन्न उद्यम व्यवसाय गर्न चाहाने ३ सय ८५ जना सेर सदस्य लाई ऋण वितरण गरिएको गरेको जनाएको छ ।

साधारण सभा कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा सिस्ने गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष पशुपति खड्काले सहकारी आर्थिक लेनदेनमा मात्र सिमित नभई समुदायको विकासका लागि लाग्नु पर्ने बताउनु भएको छ । उहाँले स्वावलम्बी कृषि सहकारी संस्थाले अहिलेसम्म गरेको काम सम्मानजनक रहेकाले निरन्तरताको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

संस्थाकि अध्यक्ष भगवती बि.क को अध्यक्षतामा सम्पन्न भएको आठौ वार्षिक साधरणसभा कार्यक्रममा सिस्ने गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष पशुपति खड्काको प्रमुख र वडा नम्बर ८ का वडा अध्यक्ष खड्कसिंह थापाको विशेष आतिथ्यता रहेको थियो ।


यस्तै कार्यक्रममा जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष वसन्त कुमार श्रेष्ठ, हुरेडकार्स रुकुमका बालसंरक्षण कार्यक्रम अधिकृत प्रचण्ड मल्ल, स्वास्थ्य चौकी पोखराका ईञ्चार्ज ज्ञानु ओलि लगायत विभिन्न राजनिती दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि शेर सदस्यको उपस्थिति रहेको थियो । संस्थाकी लेखा समिति सदस्य एमुना खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक कृष्ण कुमार बि.क ले गर्नु भएको थियो ।

Facebook Comments