• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा मेशिनबाट झर्ने स्यानिटरी प्याड





केही बर्षअघिसम्म महिनावारी हुँदा छात्राहरु विद्यालय आउँदैन्थे । न उनीहरुले सफा र सुरक्षित प्याड पाउँथे, न त्यसलाई राख्ने ठाउँ । अहिले समय फेरिएको छ ।

केही समयदेखि नियमित स्यानिटरी प्याडको ब्यवस्था गरिएपछि बालिकाहरु महिनावारीको बेलामा पनि विद्यालय आउने गरेका छन् ।

अब त अझ त्यो प्याड मेशिनबाट पाउने ब्यवस्था पनि केही विद्यालयले गर्न थालेका छन् । त्यही अभियान आजदेखि दाङको घोराही १८ स्थित मावि रझेनाले शुरु गरेको छ ।


छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड वितरणका लागि विद्याललयले अटोमिेटिक स्यानिटरी प्याड भेण्डिङ मेशिनको शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले विद्यालयले खरिद गरेको अटोमेटिक सेनिटरी प्याड भेण्डिङ मेसिनको उद्घाटन गर्नुभएको हो ।

जसमा सिका राख्दा अटोमेटिकरुपमा सेनिटरी प्याड खस्ने ब्यवस्था छ । सिका पनि विद्यालयले सोही स्थानमा राखिदिने गरेको छ । यसले विद्यालयमा छात्राको उपस्थिति र सफाइको अवस्थामा सुधार आउने विद्यालयका प्रअ उद्धव न्यौपानेले बताउनुभयो ।

Facebook Comments