• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा दिसा बस्दा ‘गू’ नआउने चर्पी (फोटो फिचर)






भित्र पस्यो नै गू र मूतको हरक आउने शौचालय घोराही बजारमा भेटिनु सामान्य बनेको छ । प्यानमा संलो पानी हुनुपर्नेमा गु मुत घोलिएको रातो झोल हुन्छ । कि त दिसाको बुझो देखिन्छ ।
गन्ध आउने फोहोर शौचालयका कारण अधिकांशले शौचालय छैन भनेर शौच गर्न दिँदैनन् ।

गु र मुतको झोलले भरीएको शौचालय पठाउँदा बदनाम हुने डरले अन्तै जान सिकाउँछन् ।
चुरोट खानेले ठुटा फाल्छन् । सुर्ति खानेले शौचालय भरी छितर्छन् । शुद्ध प्लस खानेले खोस्टा त्यही खसालछन् । जसका कारण अर्को व्यक्ति पस्दा घिन मान्छ भन्ने सामान्य चेत उनिहरुमा हुँदैन ।

शौचालय सफागर्ने म जस्तै अर्को मान्छे हो भन्ने सम्म केही बजारीयाले हेक्का राख्दैनन् ।
पिसावको झोलले पोखरी बन्दा पनि त्यसैमा पिसाव थप्न छोड्दैनन् ।

सफा गरौँ भन्ने आवाज निकाल्ने चेतनाको विकास भएको छैन । शौचालय कतिको सफा राख्नुपर्छ भन्ने नजानेको देखिन्छ ।


शब्जी मण्डिको सार्वजनिक शौचालयको पिसाव नालामा बगाईन्छ । बषौँ देखि त्यसरी खुला बग्दापनि प्रश्न उठेन ।


सरसफाई अभियानताहरुका अनुसार सबै भन्दा लामो र सजिले सास फेर्ने शौच गरी सकेपछि हो । त्यसै बेला नरमलमुत्रको गन्ध सुँघनु स्वास्थयका लागि हानीकारक मानिन्छ । नाक नथुनेर पिसाव गर्न मिल्ने चर्पी कमै भेटिन्छन् । धेरै जसो शौचालयमा गु सँुघ्नु सामान्य रुपमा लिएका छन् ।


बजारमा खुला दिसा भेटिन छोडेको छैन । खुला राखिएका खानेकुरामा झिंगाले गु मिसाईदिने खतरा छ । बजारका जेरी, समोसा, सेल डोनट लगाएत खानेकुरा झिंगा भन्कीनेगरी खुला हुन्छन् ।
सजिलै दिसा खसेन भने पटक पटक सास तान्नु र फयाँक्नुपर्छ । त्यसबेला गु मुतको गन्ध निल्नु पर्ने शौचालयलाई समुचित प्रयोग नभएको मानिन्छ ।

पिसाव गरेपनि पानी हाल्नुपर्छ । दिसा देखिदा र गन्हाउँदा सम्म गु हो । कतै देखिएन र गन्ध आएन भने मात्रै दिसा भनिन्छ । दिसा गर्नेहरु सभ्य र स्वस्थ हुन्छन् । सभ्यताको खोजी बजारमा गर्नुपर्ने देखिएको छ ।

Facebook Comments