• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा सभाहलसहितको भवन उद्घाटन





माध्यामिक विद्यालय रझेना घोराहीको सभाहलसहितको भवन उद्घाटन गरिएको छ ।


प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले सभाहसहितको भवन उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको ४० लाख र विद्यालयको २२ लाख गरी ६२ लाखको लागतमा भवन निर्माण भएको हो । भवनसँगै अत्याधुनिक सभाहल पनि बनाइएको छ ।


कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सन्तानको शिक्षामा ध्यान अभिभावकहरुलाई आग्रह गर्नुभयो । सामुदायिक शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।


विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीवन गौतमको अध्यक्षमा भएको कार्यक्रममा भवन निर्माण समितिका संयोजक चन्द्रराज पन्त, घोराही १८ का अध्यक्ष भरतलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, रेडक्रस सभापति नारायणकुमार आचार्यलगायतको सहभागिता थियो ।

विद्यालयका प्रअ उद्धव न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षक लालमणि आचार्यले गर्नुभएको थियो ।

Facebook Comments