• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा सरकारी इञ्जिनियरिङ क्याम्पसका लागि डिपिआर बन्न शुरु





दाङमा स्थापना हुने प्रदेश ५ स्तरीय सरकारी इञ्जिनियरिङ कलेजका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण शुरु गरिएको छ ।


सरकाले प्रदेश ५ को सरकारी इञ्जिनियरिङ क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसको इञ्जिनियरिङ संकायको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार शिक्षा मन्त्रालयले विस्तृत परियोजना प्रस्ताव तयार पार्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो ।


सोही निर्देशनअनुसार त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ संस्थानका पूर्व डिन प्रा.डा.ई. त्रिरत्न बज्राआचार्यको नेतृत्वमा समिति गठन गरी डिपिआरको काम अघि बढाइएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।


विस्तृत परियोजना प्रस्ताव तयार भएपछि आगामी बर्षदेखि दाङमा बिइ कक्षा सञ्चाला गर्ने तयारी त्रिविले गरेको छ ।

Facebook Comments