यसैबीच सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय घोराही १७ मा फार्मेसी कक्षा सञ्चालनका लागि फार्मेसी काउन्सिलले निरीक्षण गरेको छ ।
प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले यसै शैक्षिकसत्रले फार्मेसी कक्षा सञ्चालनका लागि अनुमति दिए पनि फार्मेसी काउन्सिलले निरीक्षण नगर्दा कक्षा सञ्चालनमा बिलम्ब भएको थियो ।
शुक्रवार फार्मेसी काउन्सिलका अध्यक्ष केशव जोशीको नेतृत्वमा एक टोलीले निरीक्षण गरेको छ । निरीक्षण टोलीको प्रतिवेदन आएलगत्तै यसै शैक्षिकसत्रदेखि शिक्षालयले कक्षा सञ्चालनको तयारी गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।