• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुर स्वास्थ्य चौकीको स्तरबृद्धि, अब चिकित्सकबाट सेवा





घोराही उपमहानगरपालिकाले नारायणपुर स्वास्थ्य चौकीको स्तर बृद्धी गरेको छ । उपमहानगरको वडा नम्बर १० स्थित स्वास्थ्य चौकीलाई नारायणपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गरिएको हो ।

स्तर बृद्धी सँगै उपमहानगरले एमविविएस डाक्टरको समेत नियुक्त गरेको छ । लामो समय देखी स्वास्थ्य चौकीकारुपमा रहेको र ६९ औँ नगर कार्यपालिकाको बैठकले शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गर्ने निर्णय गरेको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।

विरामीको चाप बढ्दै जाँदा उपमहानगरले जनशक्तिको बृद्धी सँगै सेवा विस्तारमा समेत डाक्टर सहितको दरबन्दी कायम गरेको हो । मेडिकल अधिकृतको दरबन्दी रहने गरी उपमहानगरले डा. प्रितम डिसीलाई नियुक्त गरेको छ ।

उक्त स्वास्थ्य प्रर्बद्धन केन्द्रमा चौबिसै घण्टा प्रसुती गराउने सेवा सहित नियमित बिरामी जाँच, औषधी बितरण, परामर्श र एम्बुलेन्स सेवा प्रदान हुदै आएको छ ।।

Facebook Comments