• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृिद्धिका लागि स्रोत खोज्दै आठबीसकोट नगरपालिकाः शैक्षिक सहयोगका लागि चिनियाँ संस्थासँग सम्झौता






रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई चीनको एक संस्थाले शैक्षिक विकासमा सहयोग गर्ने भएको छ । यससम्बन्धी आठबीसकोट नगरपालिका र चिनियाँ संस्था द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सिएल स्टक इन्टरप्राइजेज’का कार्यकारी अध्यक्ष फ्यानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतामा आठबीसकोट नगरपालिकाका प्रमुख गोरबहादुर केसी र चीनको संस्था ‘द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सिएल स्टक इन्टरप्राइजेज’का कार्यकारी अध्यक्ष फ्यान छियाओबोले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताको मुख्य उद्देश्य शिक्षण बिधिमा सुधार, पूर्वाधार विकास र शिक्षक कर्मचारीलाई तालिम दिनु रहेको छ । जसअनुसार चिनियाँ संस्थाले विद्यालयको पूर्वाधार विकासमा आर्थिक र प्राबिधिक सहयोग उपलब्धि गराउने छ । त्यस्तै शिक्षण विधि र प्रबिधिको सुधार तथा स्तरबृद्धिमा चिनियाँ संस्थाले प्राबिधिक सहयोग गर्ने छ, जसबाट शिक्षण बिधि सुधारका लागि शिक्षकहरुलाई तालिम दिइने छ ।


त्यस्तै गुणस्तरीय शिक्षा र प्रविधियुक्त शिक्षाका लागि तालिक दिन चिनियाँ संस्थाले स्वयंसेवक खटाउने समझदारी पनि भएको छ । त्यस्तै चिनियाँ संस्थाले आठबीसकोटको शैक्षिक सुधारका लागि चीनका विद्यालय र विश्वविद्यालयहरूसँग पनि समन्वय गर्नेछ ।


यसका लागि आठबीसकोट नगरपालिको आवश्यक जमीन उपलब्ध गराउने र कुनै पनि कानूनी जटिलता हल गर्ने सहमति भएको छ । यो परियोजना सफल बनाउन आठबीसकोट नगरपालिकाले जनपरिचालनलगायतका सबै स्थानीय सहयोग उपलब्ध गराउने समझदारी भएको छ ।


पूर्वमन्त्री एवं रुकुमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा यो सम्झौता भएको हो । हस्ताक्षर कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, पूर्वगृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्री एवं रुकुमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देबीलाल गौतमलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments