पछिल्लो राजनीतिक परिवर्तन हेर्दा आमूल परिवर्तनका एजेन्डा बोकेका दुई ठुला शक्ति तत्कालीन नेकपा माओवादी र नेकपा एमाले बिच को पार्टी एकता ले गर्दा आम जनतामा नयाँ सोच नया बिचार उत्पन्न गरेको अबस्थामा केही बैचारिक असुन्तुस्टी र पदिय असुन्तुस्टी कारण विभिन्न जनबर्गिय सङ्गठन को एकता पनि टुङ्गो लाग्ना नसक्दा पार्टी ,सङ्गठन भित्र र बाहिर विभिन्न किसिमका चुनौती खप्नु परेको अबस्था छ तर एस्तो अबस्थामा पार्टीले आफ्ना जनबर्गिय सङ्गठन को उच्च मुल्यांकन र योगदान को ईमानदारि पुर्बक एकता टुंगोमा पुर्याउने भुमिका खेलो नदेखिदा हामी आम जनबर्गिय सङ्गठन अन्योलमै छौ ।
तसर्थ हामी विद्यार्थी सङ्गठन पनि विद्यार्थी हकहित अधिकारका निम्ति लढ्न सकेका छैनौ किन भन्दा पार्टी मिल्यो तर पार्टीको भित्री मन नमिलेको अवस्था छ एस्तो अवस्थामा हामी आम विद्यार्थी को अधिकार को लडाइँ मा लाग्दै गर्दा र शैक्षिक वातावरण समान्ताका आधारमा सर्बसुलभ हुनु मा विद्यार्थी आन्दोलन को पनि छुट्टै अमुल्य भुमिका रहेको पार्टीले बुझ्दै अब छिटोभन्दा छिटो जनबर्गिय सङ्गठन को एकता र सङ्गठन बिस्तार सङ्गठन निर्माण गराउने भुमिकामा अग्रसर कम्युनिष्ट नेताहरुको ध्यान जाओस् ।
पार्टीको एकतापश्चात् अब हामी ढिला सुस्ती गरियु भने हाम्रा जनबर्गिय सङ्गठन बिध्यालय,कलेज ,क्याम्पस ,बिश्वबिध्यालय तिर देख्ने कि नाइ हुनेकी नाइ र विद्यार्थीमा अब सङ्गठित राजनीति हुनेकी नहुने भन्ने ठूलो प्रश्न चिन्ह खडा हुने र पछि पार्टीलाई नै कम्जोर साबित गर्ने माध्याम बन्ने छ।
तसर्थ दाङ आउदैगर्दा मैले देखेको विद्यार्थी राजनीतिमा गुणस्तरता हराइसकेको र गुनात्मक परिवर्तन हराइसकेको महसुस गरेको छु किनभने पहिले पहिले विद्यार्थी को हुन भनेर नेता भन्दा पनि माथिल्लो ओहदामा राखेर राजनीति गरिन्थ्यो, अहिले हेर्दा आफ्नो बल जबर्जस्ति पैसामा राजनीति गरिन्छ ।
त्यसतै विद्यार्थी आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धीका रुपमा लिइएको स्वतन्त्र विद्यार्थी युनियन(स्वबियु)को कुनै वास्ता नै गरिएको छैन । जतिबेला आन्दोलन र समर्थकको आवस्यकता पर्छ उतिबेला मात्रै विद्यार्थीलाई सम्झने गरेको देखिन्छ । स्वबियु भनेको अलि गहिरिएर बुझ्ने हो भने Mini parliament हो भन्दा पनि कुनै दुइमत नहुने कुरा हो र यसको महत्त्व र उपलब्धि भनेको राजनीति परिवर्तन र सङ्गठित समर्थक जगाइ राख्नु हो । अब एस्लाइ बचाइ राख्न हामी जुट्नुपर्ने र आफ्नो ठाउँबाट उठ्नु पर्ने जरुरी छ ।
स्वबियु नहुनुले पार्टीका जनबर्गिय सङ्गठन बेलाबेला घट्दै गरेको महसुस भैराखेको छ। यस्मा कुनै पनि सङ्गठन ठुला शक्तिअनुरुप अनेरास्ववियू र नेबिसंघ तात्नैपर्ने देखिन्छ किनभने हिजोको समान्ती दलाल पुजिपती पन्चायती शासनबाटबाट स्वतन्त्र र सर्बसुलभ शिक्षा भनेर सत्तामा गएको प्राय शासकका विरुद्ध धावाबोल्ने भनेकै विद्यार्थी हुन । अब त्यो पहिलेको उपलब्धि गुम्ने सम्भावना देखिन्छ किने भने कयौं बिध्यालमा सङ्गठन छैन । कयौं कलेजस्ववियूविहीन, कयौं बिश्वबिध्यालयका आङ्गिक क्याम्पस स्ववियूविहीन छन ।
बिश्व बिधालयदेखि लियर तल्लोस्तर सम्माका बिध्यालय शैक्षिक गुणस्तर हिन र लुटतन्त्रीय सासनमा मौलाउदै गयको अबस्थामा अब नयाँ बहस सुरुगर्नु पर्ने अबस्थामा छौ हामी विद्यार्थी सङ्गठन। तेसैले हिजोको उपलब्धि सस्थागत गर्नाको निम्ति स्वबियु निर्वाचन नभएको ठाउँ मा गर्नु पर्ने र भएको ठाउँ को परिवर्तनको समिक्षा गर्ना जरुरी देख्दछु तेस्तै निजिकलेको लापरबाही मनपरी मनोमानी अहिलेका प्रमुख विद्यार्थी आन्दोलन का प्रायठाउ मा अखडा भएको देखिन्छ तेसैले हामिलाइ पनि दाङको प्राय हुना नसकेका कलेज मा स्वतन्त्र विद्यार्थी युनियन को चुनाब गराउन उत्सुकता जागेको र आम परिवर्तन को रक्षा गर्नु परेकाले विद्यार्थी नेता , सरकारवाला सम्पुर्ण मा सहयोगको अपेक्षा गर्ना हामी चहान्छौ ।
विद्यार्थी निर्वाचन हुन नसकेको लामो समयपछि त्रिभुवन बिश्वबिद्धालयले,पोखरा बिश्वबिध्यालयले ,पुर्बाआन्चल बिश्व बिध्यालय र बन तथा कृषि बिश्व बिध्यालयले २०७४–०७५ तिर फागुन स्वबियु निर्वाचनको मिति घोषणा गरेको थियो यद्यपि त्यतिखेर पनि केही क्याम्पस बाहेक अधिकाम्स क्याम्पस निर्वाचन हुन सकेन ।
त्यसको २ बर्ष पछि फेरि नँया मिति घोषणा गरेको गरेको थियो र त्रिभुवन बिश्वविद्द्यालय र पोखरा बिश्व बिध्यालयले यश कार्यलाई सबै विद्यार्थी सङ्गठनले स्वागतयोग्य कदमको रूपमा लिएका थिय जसले गर्दा विद्द्यार्थी अान्दोलनलाइ थप मजबुद बनाएको थियो ।
फागुनपछि फेरि अर्को मिति घोषणा गरेको थियो र भनिएको थियो चुनाव हुननसक्नु बिश्वबिध्यालयको कमजोरी होइन तर विद्यार्थी आन्दोलन र परिवर्तनको किमार्थ रक्षा गर्ना नासक्नु विद्यार्थी को कमजोरी हुनागयो सहमति मिल्छ भने नभएका क्याम्पस को स्वबियु चुनाव गर्ना कसैलाइ कसैले नारोक्ने प्रतिबद्ध जाहेर गरे बिश्वबिध्यालय हरुले त्यो बिध्यार्थिको नैन्सर्गिक अधिकार को कुरो हो भनेर भनिरहे तर दलाल धनराशिको लोभलालस र मनोमानी दम्भ ले पनि स्वबियुमा चुनाव गर्ना नदिन केही कलेज ले त्यो रोल पनि खेले र सम्भब पनि गराय।फाल्गुन मा मिनि संसदको रुपमा हेरिने स्ववियु निर्वाचनको मिति घोषणासँगै निर्वाचनको सरगर्मीसुरु भएको थियो लगभग एक बर्ष भयो ।
क्याम्पस तथा विश्वविद्यालयहरु विद्यार्थी राजनीतिले तात्न थालेको थियो ।यसले देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ तरङ्ग ल्याएको थियो । नेपाली विद्यार्थी आन्दोलनको संरक्षण र विद्यार्थी राजनीतिमा नयाँ अान्दोलनको थालनी हुनेछ । समग्र विद्यार्थी राजनीतिले नै नयाँ उचाई लिने छ भन्ने लागेको थियो तर त्यो तेस्तो हुना सकेना र पटकपटक विद्यार्थी लागिरहे सकेनान अधिकार गुमेकोगुमेइ छ र सङ्गठन ले हरास्ता पाउदै गैरहेको छ।
नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्राय:सबै राजनीतिक परिवर्तनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ । राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे ६२/६३ को जनआन्दोलनमा नै किन नहोस् विद्यार्थी संगठनहरुको महत्वपूर्ण योगदान रहेको छ । तर, पछिल्लो समय विद्यार्थी संगठनहरुको आ-आफ्नो स्वार्थ र अडानका कारण लामो समयदेखि विद्यार्थीको हकहित र अधिकार प्राप्तिको साझा मञ्चको रुपमा स्थापित स्ववियु निष्कृय जस्तै बन्न पुगेको छ ।
यसले सिंगो विद्यार्थी आन्दोलनलाई नै प्रभावहीन र निस्क्रिय बनाइरहेको छ । विश्वविद्यालय तथा क्याम्पसहरुमा भ्रष्टचार मौलाइरहेको छ । पटक पटक स्ववियू निर्वाचन जितेका संगठनहरुले आजसम्म शैक्षिक गुणस्तर र समानताका लागि निरन्तर लडिरहे त्यसबाट प्राप्त उपलब्धिलाई संरक्षण र कार्यन्वयन गर्नेबेला सबै विद्यार्थी अभिभावक विहिन बनेका छन ।
विद्यार्थी संगठन नाम राखेका तर वास्तविक विद्यार्थीको हितमा सिन्को पनि भाँचेका छैनन् । यस्तो अवस्थामा पोखरा विश्वविद्यालयले ढिलै भएपनि स्ववियू निर्वाचनको मिति घोषणा गरेर सकारात्मक सन्देश दिएको थियो । त्योभन्दा महत्वपूर्ण कुरा स्ववियु निर्वाचनमा अघिल्लो पटक उमेदवारको उमेर हद बन्दीले निकै चर्चा चलाएको थियो र त्यसको सफलता पुर्बक कार्यान्वयन भएको छ र हदबन्दी तोकेर ऐतिहासिक तथा स्वागतयोग्य निर्णय गरेको थियो।
चुनाव भनेको एउटा परीक्षा हो र चुनावमा हारजित हुनु स्वभाविक छ । त्योभन्दा महत्वपूर्ण कुरा एउटा प्रणालीको सुरुवात गर्नु हो।त्यसकारण उमेर हदबन्दीका कारण कुनै संगठन विशेषलाई नोक्सानी होला तर सिङ्गो विद्यार्थी आन्दोलनलाई यसले पुनर्जीवन दिनेछ वास्तविक विद्यार्थीले नेतृत्व गर्ने अवसर पाउदछ । एकाध संगठनलाई बेफाइदा भएतापनि निर्वाचन र वास्तविक विद्यार्थीमाथि हुने गरेको अन्यायको अन्त्य हुनेछ । सिङ्गो विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिलाई फाइदा पुग्नेछ । र, यो नै हामी सबैको जित हुनेछ किमार्थ हामी विद्यार्थी सङ्गठन भेटिनेछैनौ।
स्वबियु निर्वाचनलाई पनि सापेक्ष बनाउदै लैजानु हाम्रो अब को यो उपनिर्वाचन पछिको मुख्य एजेन्डा नै बन्ना जानेछ र अहिलेको आवश्यकताले यो मागेको छ।अनियमितता र भर्स्टचारको अखडा बनेको स्वबियुलाइ हामिले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ ।लाखौ पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरि गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछी कहिलै विद्यार्थीको माझमा नफर्किने ,चुनावमा भएको खर्छ असुल्नाको लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्ना जरुरी देख्दछु त्यासको लागि हामी सब्बै विद्यार्थी फेरि आफ्नो तहतप्का बाट उठ्ना र जुट्ना जरुरी देख्दछु।
स्वबियूलाई कस्तो बनाउने भन्ने कुरा सम्पूर्ण विद्यार्थी सङ्गठन नियमित र वास्तविक विद्यार्थीको हातमा जान्छ। बिगतमा भैरहेका कमीकमजोरीलाई सुधार्दै सभ्य र उचित ब्यवस्थापन र अधिकारको लडाइँ लड्न महत्त्वपूर्ण भूमिका रहन्छ। बिगतमा स्ववियूका नाममा कमाउधन्दामा लाग्ने चुनाव जितेपपछि विद्यार्थी हकहितका लागि सिन्को नभाच्ने प्रवृत्ति देखिएकै हो । रातारात पैसाको आडमा चल्ने कलेज क्याम्पसको कालाधन्दे मालिकको नाममा चल्ने किसिमको स्ववियू अबको हुन दिइन्न ।
त्यसैले आन्दोलनलाई कुरुप बनाउनेहरुलाइ गतिलो पाठ सिकाउदै वास्तविक र नियमित विद्यार्थीहरुको उपयुक्त ईमानदार आनि पढाइ अब्बल ,सक्षम सबल कुशल हरुको स्वबियु साझा सस्था बनाउन र अधिकार को रक्षा र आन्दोलन लाई पुनर्जीवन दिने प्राबिधिक आनि बैज्ञानिक शिक्षा प्राप्त गर्ना स्वर्ण अबसर हामी सामु आउदै छ एस्लाइ थप मर्यादित राख्ना विद्यार्थी वास्ता नमेटिना दिन र यस्को उचित उपयोग गर्नुपर्ने मा जोडदिनचहान्छु र स्वबियु चुनाव को तयारी गर्दिनुहुना पार्टी पन्क्ती विद्यार्थी राजनीतिकर्मी पन्क्ती र सम्पुर्ण बुद्धिजीवी बर्ग मा नया संघ प्रदेश स्थानीय पछिको बलियो सरकार पनि र स्वबियु चुनाव गर्ना र स्वबियुचुनाब गराउनु मा सहयोग गरिदिनुहुना सब्बै मा हार्दिक अपिल गर्दछौ । उपलब्धि गुम्ना गुम्ने खतराबाट जोगाउन हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने ?
(संयोजक– पूर्व अखिल क्रान्तिकारी राप्ती इञ्जिनियरिङ क्याम्पस घोराही)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।