• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपालाई उपनिर्वाचनको सन्देश– सच्चिने वा सकिने ?




बर्तमान नेकपा सरकारबाट जनता र कार्यकर्ता सन्तुस्टि छैनन । स्थानिय सरकार गठन प्रक्रिया देखि पार्टी एकतामा जिम्मेवारी बाँठफाँट र पार्टी भित्रका अान्तरिक समस्या ले गर्दा नै पार्टी र सरकारले गति लिन सकेकै छैन।

देशका ठुला कम्युनिस्ट पार्टीको एकतापछि बनेकाे नेकपाकाे सरकार बाट नेपाली जन्ताले आर्थिक,सामाजिक,साँस्कृतिक रूपान्तरण सहितकाे समृद्धि चाहेका थिए तर तेसाे हुन सकेको छैन।

जसले गर्दा नेकपा पार्टीको एकातामा गम्भीर र गहिरो समिक्षाको समेत जरुरि देखिन्छ । पार्टी ठुलो भयो र दुईतिहाई सरकार आनि आफ्नो बल जबर्जस्ति को अहंकार पनि गर्न पर्ने जरुरि छैन ।

मिलिजुली बनेको सरकार र तह -तह बाट पार्टीमा समावेश अन्य पार्टी भोलि जता हावा लाग्छ उतै जानपनी सक्छन ।त्यो अवस्थामा नेकपाको दुईतिहाई रहने की नै भन्ने पनि ठुलो र मुख्य प्रश्न हो ।

उपनिर्वाचनको मतपरिणाम भक्तपुर ,घोराही १६ र चितवनको मतपरिणामले नै दुईतिहाई सरकारलाई झल्झली छाप बसालेको देखिन्छ । यो पनि सरकारलाई इमानदारीता र पार्टी पर्तिको बफादारि र जन्ता पर्ती को उत्तर्दाही को होकि होइन ठुलो चुनौती र सोच्ने विषय हो ।

तेसैले पार्टीभित्र अझै निर्मम समिक्षाको खाँचो देखिन्छ । हामीले धेरै ठाँउमा जित हासिल गरेका छौ भनेर सामाजिक संजाल कुर्लिनु र जितको सन्देश मा उर्लिनु पर्ने र बुर्कुसी मार्न पर्ने पनि म देख्दिन ।

देशमा हाम्रो स्थानीय प्रदेश र संघमा दुईतिहाईको स्थाई सरकार छ । श्रोत साधन ,जनशक्ति कम्युनिस्टकै छ । यो अस्वथामा पनि उपनिर्वाचनको मत परिणामले सरकारको गतिलाई झट्का दिएकै छ ।अब पनि हामि सच्चिएर जानसकेनौ भने पछुताउनु र गुट बन्दी हो भन्न बाहेक अरु जनताले केहि देखिदैन , ।

नेकपामा कमिकमजोरीहरु,

१- हामिलाई दुई तिहाईकाे ठुलाे दम्भले खोक्रो बनाउदै गएको ।
२-हाम्रा पार्टीकाे एकता भयाे तर अझै हाम्रा मनको एकता हुन सकेको छैन।
३- स्थानीय तह देखि संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि/सरकारकाे कार्यशैली र प्रबृत्ति जन्ता मुखि भएको देखिन्न ।
४- जन्ताकाे अपेक्षा अनुसारको बिकास हुँदै नभएको जस्तो देखिनु।
५- सरकारमा गएका मान्छे आफुखुसि मनाेमानि चल्नु (पार्टीले सरकारलाई नियन्त्रण गर्न नसक्नु)गुट्को हैकम जमाउने खाल्को प्रबिती देखाउनु।र अन्तर्घाती पार्टीका नेता भित्री योजनामा घाती बन्दै जानू र पेर्ब नेकपा एमालेक गड मनिने ठाउँ मा नेकपाले प्राजय बेहोर्नु बागी उठ्दा समेत कुनै शक्ति पक्ष को महसुस नहुनु र सामान्य ठान्नु ।

अझै केही बिग्रीएको छैन्

१-आफुलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने प्रवृत्ति सुधाराै ,
२- सरकारमा गएकाहरूले आफुलाई मालिक/ शासक हाेईन जन्ताकाे सिपाई हुँ भनेर काम गराैँ ,
३- जन्ताकाे मनाेबिज्ञानकाे अध्यन गरि जनस्तरमा याेजन निर्माण गराै र जन्तालाई याे सरकार हाम्रो हाे भन्ने गरि अनुभुती गराउ ,
४- शिक्षा,स्वास्थ्य,राेजगार सरकारले पुर्ण रूपमा जिम्मा लिने गरि नीति र कार्यक्रम बनाउ ,
५- हजारौं युवाहरू काम नपाएर बरालिएर दिन बिताईरहेका छन्,हजारौं बिदेशीएका छन् ।

आफ्नै देशमा परिश्रम गरेर खाने बाताबरणकाे निर्माण गराैँ ठुला -ठुला उधाेग,कलकारखाना खाेलाै ,बन्द भएका कलकारखानालाई संचालनमा ल्याउन जरुरि छ ।
समय रहुन्जेल पार्टीमा दुईतिहाइको दम्ब छ ,विदेश भ्रमणको चटारो छ ,अब देशको विकासमा लागौ अब कहिले गर्ने ,अहिले नगरे कहिले गर्ने अन्यथा सिंहदरबारबाट गुलिया नारा लगाएर मात्रै ईतिहास बन्दैन् हामी कम्युनिस्ट पनि हुन सक्दैनौं।

(लेखक नेकपासम्बद्ध विद्यार्थी नेता हुन्)

Facebook Comments