• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम दाङले नेकपालाई नयाँ दिशाबोध गरेको छः शर्मा





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ले पश्चिम दाङले आफ्नो पार्टीलाई नयाँ दिशाबोध गरेको बताउनुभएको छ ।


दाङ ३ ख बाट प्रदेशसभा सदस्यमा बिजयी बिमला ओलीको स्वागतमा आयोजित विजयी ¥यालीलाई सम्वोधन गर्दै उहाँले पश्चिम दाङले पार्टीप्रति गरेको अगाध मायाँ र विश्वासमा कमी आउन नदिने बताउनुभयो । बबइ गाउँपालिकामा चुनावी कमाण्डरसमेत रहनुभएका शर्माले आफूको अन्तिम गन्तव्य समाजवाद भएकाले यतिलाई मात्रै अन्तिम जीतको रुपमा भने नलिन आग्रह गर्नुृभयो ।

‘बबइ र हापुरे क्षेत्र ऐतिहासिक ठाउँ हो’– उहाँले भन्नुभयो– ‘हिजो जनयुद्ध, शान्ति वार्ता र त्यसपछिका तमाम आन्दोलन तथा यो चुनावमा पनि यहाँका बासिन्दाले पार्टीलाई ठूलो विश्वास गरेर यो उचाइँमा पु¥याउनुभएको छ, हामी पश्चिम दाङको विकासलाई नयाँ उचाइमा पु¥याउन पूरै प्रतिबद्ध छौं ।’ उपनिर्वाचनमा बबइ गाउँपालिकाबाट मात्रै नेकपाले कांग्रेसभन्दा २१५४ बढी मत ल्याएको थियो ।


कार्यक्रममा विजयी प्रदेशसभा सदस्य बिमला ओलीले पार्टी र जनताको प्रत्यक्ष निगरानीमा रहेर आफूले काम गर्ने बताउनुभयो ।

‘बबई मेरो जीततमा मेरुदण्ड बनेर उभियो, बबइबासीलगायत आम मतदातालाई धन्यवाद दिन चाहन्छु, म यो विश्वास मर्न दिने छैन’– उहाँले भन्नुभयो ।

Facebook Comments