• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान






लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत घोराही १४ को वडा स्तरिय लैंगिक हिंसा न्युनिकरण समितिले ¥याली तथा सचेतना मुलक कार्यक्रम गरेको छ । घोराही १४ वडा कार्यलय बाट निकालिएको ¥यालीले बजार परिक्रमा गरि लखन पार्कमा समानताको पुस्ता: बलत्कार बिरुद्धको एक्यबद्धता मुल नारा साहित कार्यक्रम गरिएको हो ।

समितिका संयोजक मनकुमारी पुनको अध्यक्षता तथा नेकपा जिल्ला कार्यालय सदस्य पुनम शेर्पाईलीको प्रमुख आतिथ्यता तथा घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक हिंसा बिरुद्ध सबैले आवाज उठाउनु पर्ने भन्दै कुनै पनि ठाँउमा हुने हिंसा रोक्न सबै सचेत हुनुपर्ने बताएका हुन् । बिशेष गरेर महिलामाथि समाजमा धेरै खाले हिंसा हुने गरेको भन्दै यसको अन्त्य नै सभ्य समाजको पहिचान भएको बताएका हुन् ।

घोराही १४ भित्रका बिभिन्न बिद्यालय शिक्षक तथा बिद्यार्थि, टोलबिकास संस्थाका पदाधिकारीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । समितिका सदस्य बिष्णु भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पशुपति गीरी थापाले गर्नुभएको थियो ।।

Facebook Comments