• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १६ का प्रत्यासी केसीले दिए मतदातालाई धन्यवाद, विश्वास मर्न नदिने प्रतिबद्धता





यही मंसिर १४ गते भएको उपनिर्वाचनमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नेकपाका उम्मेदवार सुरेशबहादुर केसीले मतदातालाई धन्यवाद दिनुभएको छ । अध्यक्षमा निर्वाचन नेपाली काँग्रेसका ताराबहादुर डिसीलाई बधाइ पनि ज्ञापन गर्नुभएको छ ।

वक्तव्यको पूर्ण पाठः

यही मंसिर १४ गते घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्बाचन मार्फत् निर्बाचित नेपाली काँग्रेसका नेता ताराबहादुर डिसीलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्बाचन प्रक्रियामा खट्नु हुने सम्पुर्ण नेता, कार्यकर्ता, शुभ चिन्तक एवं १६ नम्बर वडाबासी मतदातालाई धन्याबाद ज्ञापन गर्न चाहान्छु ।

उपनिर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारका रुपमा वडाबासी सबैको घरमा पुग्ने अबसर प्राप्त गर्नुका साथै म र मेरा पार्टीलाई बिश्वास गरी मत दिनुहुने सम्पुर्ण मतदातालाई बिशेष धन्याबाद ज्ञापन गर्दछु । पार्टीले गरेको बिश्वास र मतदाताले गरेको बिश्वासलाई आगामी दिनमा पनि मर्न नदिने गरी राजनीतिक फिल्डमा क्रियासिल रहेको ब्यहोरा पनि यसै बक्तब्य मार्फत् जानकारी गराउन चाहान्छु ।

शरिरमा जनयुद्धका गोलीका छर्रा बोकेर जीवन बिताई रहेको छु । लामो राजनीतिक संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई मलजल गर्ने जिम्मेवारीमा हामी सबै खटिने छौँ । यसैगरी मैले पनि आफ्नो जीवनलाई बिताउने छु । शरिरमा रहेका छर्राले राजनीतिक उर्जा दिइरहेको समयमा वडाबासीले गरेको बिश्वासले झनै उर्जा प्राप्त भएको छ ।

यस प्रकारको उर्जाले आगामी दिनमा पनि वडाको बिकास र समृद्धिका लागि मलाई निरन्तर डटेर काम गर्ने हौसला मिलेको छ । म एउटा राजनीतिक कार्यकर्ता भएको नाताले भबिष्यमा पनि राजनीतिक रुपमा निरन्तर क्रियासिल रही वडाको बिकासका लागि सदैब खट्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।

सुरेशबहादुर केसी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

घोराही उपमहानगरपालिका १६ को वडाध्यक्ष पदको प्रत्यासी

Facebook Comments