• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिमलाले सम्झिइन् जनयुद्धका सहिद (फोटो फिचर)





दाङ प्रदेशसभा ३ ख मा निर्वाचन जितेलगत्तै बिमलाकुमारी खत्री ओलीले सहिदहरुप्रति माल्यार्पण गर्नुभएको छ ।

उहाँ सबैभन्दा पहिले घोराहीको ट्राफिक चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

उहाँ २०१७ सालको किसान बिद्रोहमा मारिएका किसान नेता हो ।

त्यसपछि बिमलाले गुलरियास्थित सहिदपार्कमा गएर नेत्रलाल अभागीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

दाङका कम्युनिष्ट नेता अभागीको २०४१ मा भूमिगत अवस्थामै निधन भएको थियो ।

त्यसपछि बिमला घोराही ६ फचकपुरस्थित सहिदपार्कमा गएर जनयुद्धका सहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

यहाँ जनयुद्धको क्रममा साविक सौडियारबाट सहादतप्राप्त सहिदहरुको शालिक राखिएको छ ।

उहाँसँगै चुनाव परिचालन कमिटी संयोजक जगप्रसाद शर्मा ‘अपार’, केन्द्रीय सदस्य नारायणी शर्मा, जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सदस्य कोमल ओलीलगायत ठूलो संख्यामा नेता कार्यकर्ता पनि सहिदपार्क पुग्नुभएको थियो ।

Facebook Comments