• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिमलाका चुनावी कमाण्डर अपारको प्रतिबद्धता– पश्चिम दाङको समृद्धिको सपना पूरा गरेरै छाड्छौं





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनाव परिचालन कमिटी दाङ ३ ख का संयोजक जगप्रसाद शर्मा ‘अपार’ले प्रेस विज्ञप्ति जारी गरी बिमला ओलीलाई जिताउने मतदातालगायत सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले पश्चिम दाङको समृद्धिका पक्षमा मतदाताले जाहेर गरेको मतको सम्मान गर्दै मतदाताको विश्वासमा कमी आउन नदिने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठः

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार क. विमला ओलीलाई बिजय बनाउन आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु । एक उदीयमान तथा पश्चिम दाङका लोकप्रिय नेता क. उत्तरकुमार ओलीको २०७५ फागुन १० गते सडक दुर्घटनामा परी दुःखद निधनपछि पश्चिम दाङलाई उज्यालो बनाउने उहाँका सपनाहरु थाँती रहेका थिए ।

पश्चिम दाङलगायत सिंगो पार्टी शोंकमा डुवेको थियो । अब ती अभिभारा र सपना पूरा गर्ने जिम्मा जनताले हाम्रो पार्टीकी नेतृ तथा क. उत्तरकुमार ओलीकी जीवनसंगिनी क.बिमला ओली र सिंगो पार्टी नेतृत्वलाई दिनुभएको छ । पश्चिम दाङको उज्यालो भबिष्य हामी र हाम्रा सन्तानको उज्यालो भबिष्यसँग जोडिएको छ । अब पश्चिम दाङलाई विकसित एवं समृद्ध बनाउन र श्रमजीवी वर्गको जीवनस्तर बदल्न हामी अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौं ।

सचेत र सुजबुझपूर्ण तरीकाले आम मतदाताले हाम्रो पार्टीका उम्मेदवार क. बिमला ओली तथा हाम्रो पार्टीलाई गहिरो विश्वास र ठूलो अपेक्षा गरेर प्रयोग गरेको मताधिकारलाई हामी उच्च सम्मानका साथ आत्मसात् गर्ने प्रण गर्दछौं । यो जीत पश्चिम दाङका सचेत जनता, सिंगो पार्टी, सबै तहका सरकार, मुख्यतः हाम्रा स्थानीय र प्रदेश सरकारको लोकप्रियताको परिणाम हो ।

यो चुनाब बर्ग पक्षधरताका कोणबाट बिगतको निरन्तरता जस्तो नभई नयाँ एवं क्रमभंगता पनि हो । मुलुक संघीय संरचनामा गएपछि आएको सरकारले जनताको मर्म, भावना र आबश्यकताअनुसार काम गरिरहेको यथार्थ पुनः पुष्टि भएको छ । हामीले विगतमा गुमाएका स्थानीय पालिका तथा वडाहरुमा पनि यसपटक अग्रता कायम गरेका छौं, यसलाई हामीले स्थानीय जनप्रतिनिधिको पुनः अनुमोदन र थप विश्वाससहित व्यक्त गरेको जनादेशको रुपमा लिएका छौं ।


निर्वाचनकै पूर्वसंघारमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा तुलसीपुरमा भएको प्रशिक्षण, प्रदेश कार्यालयबाटै चुनाबी अभियानको कमाण्ड, नेताहरुको केन्द्रिकरण र सही परिचालन, पार्टीका नारा, मुद्दा र एजेण्डाहरु जनतालाई बुझाउन सापेक्षित सफल, युवा, महिला, दलित, जनजाति, बुद्धिजिवीहरुलगायतको व्यापक खटनपटन, स्थानीय सरकारको बढ्दै गएको लोकप्रियता र स्थानीय पार्टी कमिटीहरुको मिसनप्रतिको प्रतिबद्धता, जिल्ला पार्टी नेतृत्व र प्रदेश पार्टी नेतृत्वको महत्वपूर्ण भूमिका जस्ता कारणले हामीले बिजयी हाँसिल गर्न सफल भएका छौं ।

अर्को महत्वपूर्ण पक्ष त हामीले यसपटक चुनावी अभियानमा जनशैली अपनाउँदै निकै सरल र मितव्ययी बनाउने प्रयास पनि गरेका छौं । च्यूरा र मकै खाएर दिनरात खट्ने नेता कार्यकर्ताको जनशैलीका कारण हामीले चुनाव हुनेखानेहरु मात्र होइन आधारभूत र श्रमजीवी वर्गका प्रतिनिधिले पनि लड्न र जित्नसक्छन् भन्ने पुष्टि गरेका छौं । यसलाई हामीले ठूलो पूँजीका रुपमा लिएका छौं भने अझ संस्थागत र ब्यापक बनाउँदै लैजाने छौं ।


लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनमा जित र हार स्वभाविक प्रक्रिया हो, जसलाई लोकतन्त्रवादीहरुले आत्मसात् गर्नुपर्छ । जीत हारलाई सहर्ष स्वीकार गर्न सक्नु उच्च राजनीतिक संस्कार हो । यही उच्च राजनीतिक संस्कारलाई आत्मसात् र विकास गर्न चाहने प्रतिष्पर्धी राजनीतक दलहरुलाई धन्यवाद दिन चहान्छौं र आगामी विकास र समृद्धिको यात्रामा सहकार्य गरेर अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछौं ।


हामीलाई अमूल्य मत दिने आम मतदाता, पार्टीका नेता, कार्यकर्ता, विभिन्न तह र तप्कामा क्रियाशील भातृसंगठनका नेता कार्यकर्ता, सामाजिक संघसंस्था, उद्योगी, ब्यापारी, पेशागत संघसंगठन, सञ्चारकर्मीलगायत सम्पूर्णमा हार्दिक धन्यवाद आभारसहित कृतज्ञता व्यक्त गर्न चाहन्छौं । निर्वाचनलाई मर्यादित , भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग तथा निर्वाचन कार्यालय, जिल्ला सुरक्षा समिति र सम्पूर्ण सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

क. जगप्रसाद शर्मा ‘अपार’
संयोजक
दाङ ३ (२) निर्वाचन परिचालक कमिटी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

Facebook Comments