• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजमा देखिएको गुणात्मक परिवर्तन जनयुद्धले ल्याएको हो : मुख्यमन्त्री शाही






कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजमा देखिएको गुणात्मक रुपान्तरण जनयुद्धले ल्याएको वताउनुभएको छ । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले समाजमा देखिने सवै खाले विभेदको अन्त्यका लागि जनयुद्धको भुमिका महत्वपुर्ण रहेको दावी गर्नुभयो ।

मुख्यमन्त्री शाहीले संघीयताको अभ्यासवाट सामाजिक विभेदको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सिमान्तकृत समुदायको राज्यसंचालनमा सहभागिता वृद्धि भएको, नेतृत्व क्षमताको विकास भएको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जातीय विभेद लगायत सवै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताउनुभयो । ‘कुराले मात्रै सामाजिक विभेद अन्त्य हुने होईन’ प्रदेश सरकार सवैखाले सामाजिक विभेद अन्त्यका लागि व्यवहारिक रुपमै लागेको वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो–‘आवश्यक वजेट सहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि वढाएको छ ।’

मुख्यमन्त्री शाहीले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेद पुर्णरुपमा अन्त्य गर्न आर्थिक रुपमा आत्मनिर्भर वनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायको आयआर्जन तथा रोजगारीका अवसरहरु श्रृजना गरि आर्थिक रुपमा सवल वनाउन प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’, ‘मुख्यमन्त्री दलित तथा महिला आयआर्जन कार्यक्रम’, ‘वैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार गम्भिरतापुर्वक सामाजिक विभेद अन्त्यको अभियानमा लागेको वताउदै सहकार्यको लागि सवै सामाजिक संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।

Facebook Comments