• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ६६ प्रतिशत मतदानः प्रदेशमा ६६ र वडामा ७२ प्रतिशत






दाङमा ६६ प्रतिशत मतदान भएको छ ।


दाङ जिल्लामा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ३(२) र घोराहि उपमहानगरपालिका वडा नं १६ को भएको निर्वाचनमा यति मत खसेको हो ।


दुबै स्थानमा कूल मतदाता ७३ हजार १ सय ७२ मध्ये ४८ हजार ९ सय ४४ मत अर्थात ६६.८९ प्रतिशत खसेको हो ।


जसअनुसार प्रदेशसभा ३(२) मा जम्मा मतदाता ६८ हजार ७ सय १९ मध्ये ४५ हजार ७ सय १८ मत खसेको छ, जुन ६६.५३ प्रतिशत हुन आउाछ । जसमा महिला २५ हजार ५९० र पुरूष २० हजार १ सय २८ रहेका छन् ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं १६ मा जम्मा मतदाता ४ हजार ४ सय ५३ रहेकोमा ३ हजार २ सय २६ मत खसेको छ । जुन ७२.४४ प्रतिशत हुन आउँछ । जसमा १ हजार ८ सय ८, महिला र १ हजार ४ सय १८ पुरुष रहेका छन् ।

Facebook Comments