रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा १६ प्रतिशत मात्रै मतदान भएको छ ।
कूल १२८४ मतदाता रहेकोमा २०९ मत मात्रै खसेको छ । यसअघि विप्लवनिकट नेकपाको वडा अध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो ।
विप्लव निकट उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यहाँ विप्लव नेकपा सशक्त बहिष्कारमा लागेको थियो ।
फलस्वरुप यहाँ थोरै मत खसेको हो । वडा अध्यक्षमा सत्तारुढ नेकपा र कांग्रेसको प्रतिष्पर्धा छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।