• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चीन र भारतको ‘टू प्लस वान’ होइन नेपाल, समान साझेदार बन्न चाहन्छः प्रचण्ड




सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए । नेपालले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको प्रचण्डको भनाई छ ।

नेपाल र चीनबीचजनस्तरमा सम्बन्ध सुदृढीकरणमा भिडियाको भुमिकाका बिषयमा नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा जोड दिए । ‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ,’ प्रचण्ड भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको पनि बताए । भने, ‘पटक–पटक मैले त्रिदेशीय साझेदारीको कुरा गर्दै आएको छु ।’

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा भारतकोबाटो भएर आएको कुरालाई वेवास्ता गर्न नहुने भन्दै दाहालले त्यसले त्रिदेशीय साझेदारीको महत्वलाई झनै बढाएको बताए । भने, ‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा भारतको बाटो भएर किन आउनुभयो भन्ने कुरालाई विलकुल वेवास्ता गर्न हुँदैन । भारतनै गएर नरेन्द्र मोदीसँग सात आठ घण्टा कुरा गरेर नेपाल आउनुपर्ने परिस्थितिले त्रिदेशीय साझेदारीको हाम्रो सोचलाई र हामीले अगाडि सार्न खोजेको रणनीतिको महत्वलाई स्थापित गरेको छ ।’

‘सीसँग आठ पटक भेट भयो’
प्रचण्डले राष्ट्रपति चिनियाँ राष्ट्रपति सीसँग ८ पटक भेट गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सीसँग एक खालको सम्बन्ध रहेको बताए । प्रचण्डले आफ्नो नेतृत्वमा छिट्टै चीन भ्रमणमा जान लागेको पनि जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै नै आफ्नो नेतृत्वको टोली चीन भ्रमणमा जान लागेको बताए । उनले भने, ‘नेपालका पार्टी र नेताहरुले चीनको अध्ययन गर्ने र उहाँहरु पनि आएर नेपालको अध्ययन गर्ने सहमति भएको थियो । सहमति पछि पहिलो टोली छिट्टै चीन भ्रमणमा जाँदै छ । उहाँहरुले मेरौ नेतृत्वमा आइदियोस् भन्ने कुरा प्रधानमन्त्री र मलाई पनि भन्नु भएको छ । म जाँदै पनि छु ।’

प्रचण्डले नेपालका राजनीतिज्ञ, बुद्धिजिवीहरु प्रो.इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन हुने गरेको भन्दै आफूहरु प्रो नेपाली भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको बताए । उनले भने, ‘विगतमा हामी प्रो. इन्डियन, प्रो. चाइनिज र प्रो. अमेरिकन होइन, हामी गणतन्त्रमा छौं, प्रो. हुन छोडिदिऊँ, हामी त प्रो. नेपाल हौं। समग्र मुलुकको समग्र विकास र हितका निम्ति सबैसँग अधिकतम सहयोग लिनेगरी एक भएर अघि बढौं, प्रो. नेपाल बनौं ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले चिनियाँ लगानी आकर्षण गरी निर्यात बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने र बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउनुपर्ने बताए ।

नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणले २ देशको सम्बन्ध रणनीतिक साझेदारीमा प्रवेश गरेको बताए । उनले नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताए । नेकपा नेतृत्वको सरकारले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन योगदान दिएको विचार व्यक्त गरे ।

नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सियालाङले नेपाल चीन कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा जोड दिए ।

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल चीन सम्बन्ध व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउँदै फोरमको पहलमा पत्रकारहरुलाई चिनियाँ भाषा प्रशिक्षण दिन लागिएको जानकारी दिए ।

Facebook Comments