• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा जिप दुर्घटनाः एकको मृत्यु, नौ घाइते





आज दिउँसो पौने १ बजे रुकुमपूर्वमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा घटना स्थलमै एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भूमे गाउँपालिका–२ खाबाङ बगरका ३ वर्षीय नसिप पुनको मृत्यु भएको हो । बालकसँग १० जना यात्रु रहेकामा ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सिस्ने गाउँपालिका–७ सान्चौरका ३१ वर्षीया सुनिता बुढा, भूमे–३ का ४० वर्षीया मनकुमारी पुन, पुथा–१२ कोलका १८ वर्षीया शान्ति सुनाम, सोही ठाउँकै ३० वषीया नन्दा पुन त्यसैगरी ३२ वर्षीया लक्ष्मी पुन, ५२ वर्षीय पूर्णसिंह पुन, ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र भूमे–२ खाबाङ बगरका ३३ वर्षीया कुमारी पुन रहनुभएको छ ।


रुकुमपश्चिम खलंगा देखि रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका कोल, राङ्सीको लागि छुतेको रा १ ज ४४४ नम्बरको जिप भूमे गाउँपालिका–३ को मध्यपहाडी लोकमार्ग जितखोला नजिक रुपचा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।


‘सडक बाटोमै जिप ढलेर चार मिटर घिसिरेको छ’ डिएसपी खड्काले भन्नुभयो–‘जिप चालक भूमे–७ गुनामका ३९ वर्षीय मुलमान बिक र जिप साहुँलाई पनि सामान्य चोटपटक लागेकोले ९ जना यात्रुसँगै जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।’

चार जनाको अवस्था गम्भीर रहेकोमा पाँच जनाको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । चालक र जिप साहुँलाई निरन्त्रणमा लिइ दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले अस्पतालमा पुगेर भेट्नु भएको छ ।

Facebook Comments